आफ्नै पतिले गला दबाएर पत्नीको गरे हत्या; हत्यारोपी पति पक्राउ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, January 24, 2019

आफ्नै पतिले गला दबाएर पत्नीको गरे हत्या; हत्यारोपी पति पक्राउ

गफसफ.com, दार्जीलिङ, 24 जनवरी।
आफ्नै पतिले पत्नीको गला दबाएर हत्या गरेको घट्ना प्रकाशमा आएको छ। उक्त घट्ना कालेबुङ शहर नजिक पुर्बुङ बस्तीमा भएको हो। प्राप्त जानकारी अनुसार पति बिरेन्द्र छेत्री (28)ले आफ्नै पत्नी अनिता लामा छेत्री (32)को गला दबाएर हत्या गरेका हुन्।
पत्नीको हत्यापछि हत्यारोपी पति बिरेन्द्र छेत्री
उक्त घट्नाको जानकारी पाउन साथ पुलिसबल घट्ना स्थलमा पुगेर हत्यारोपी पति बिरेन्द्र छेत्रीलाई पक्राउ गरेको छ। जानकारी अनुसार 8 माइल आफ्नै माइतमा बस्दै आइरहेकी अनिता लामा छेत्री अनि पतिमाझ घरेलु झगडा हुने गरिरहेको थियो। हत्यारोपी पतिले यस भन्दा अघि पनि आफ्नै पत्नीलाई मार्ने प्रयास गरेको मृतक अनिता लामाकी पिता राजेन्द्र लामाले बताए।
दिउँसो छोरीले आफुलाई दस रूपियाँ मागेको बताउँदै नानीलाई भेट्न जाने कुरा गरिरहेको तर एक्लै भने नजाने बताएको पनि मृतककी पिता राजेन्द्र लामाले बताएका छन्। यद्यपि उनी दिउँसो आफ्नो नानीलाई भेट्न ज्वाईको घर गएपछि त्यसै समय उनलाई गल दबाएर मारेको बताएका छन्। यसभन्दा अघि पनि पत्नीलाई कुटपिट गरेको घट्नामा कालेबुङ थानामा सूचित गरेको पनि उनले जानकारी गराएका छन्।
स्मरण रहोस, कालेबुङमा अहिले हिंसाका घट्नाहरू वृद्धि भइरहेको छ। केहि महिना अघि पेदोङमा सेर्पा दम्पतिको हत्या भएको थियो भने हत्याराहरूलाई अहिलेसम्म पुलिसले पक्राउ गर्न सकेको छैन। यस्तो अवस्थामा पुन: कालेबुङ जिल्लाकै जलढक्का थाना अन्तर्गत पनि एकजना बाबुले छोरोको हत्या गरेको हो भने केहि दिन अघि मात्रै पोस्योर बस्तीमा गाउँलेहरूले एक युवकको हत्या गरेर शवलाई दफन समेत गरेको केहि दिन बित्न नपाई आफ्नै पतिले पत्नीको हत्या गरेको घट्नाले चारैतर्फ सनसनी छाएको छ। 

No comments:

Post a Comment

Post Bottom Ad