सहिद जीवन गुरुङलाई विनय तामाङले दिए श्रद्धाञ्जली; भने –‘एकदिन अवश्यै सहिदको मूल्याङ्कन हुनेछ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, January 12, 2019

सहिद जीवन गुरुङलाई विनय तामाङले दिए श्रद्धाञ्जली; भने –‘एकदिन अवश्यै सहिदको मूल्याङ्कन हुनेछ’

गफसफ.com, दार्जीलिङ,  12 जनवरी।
लामाहट्टा निवासी सहिद जीवन गुरुङप्रति जीटीए बोर्ड अध्यक्ष एवम गोजमुमो पार्टी अध्यक्ष विनय तामाङले श्रद्धाञ्जली दिएका छन्। आज एक प्रेस विज्ञप्ति जारी गरेर उनले सहिद गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदका परिवारप्रति समवेदना पनि प्रकट गरेका छन्।

‘जम्मु कश्मिरको रजौरी जिल्लामा शुक्रबार भएको आतङ्की हमलामा हाम्रा गोर्खा जवान सहिद बनेका हुन्। उनको साहदतलाई सम्पूर्ण गोर्खाहरूले हृदयबाट नै नमन गर्दछ भने हामी अमर सहिद जीवन गुरुङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। यसका साथै सहिद परिवार प्रति गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन समवेदना प्रकट गर्दै यतिबेला सम्पूर्ण गोर्खाहरू सहिद परिवारको पक्षमा छन् भन्ने सन्देश दिँदछौँ’ विनय तामाङले भनेका छन्।
सहिदलाई श्रद्धाञ्जली दिनेक्रममा तामाङले गोर्खाहरूले आफ्नो प्राणको आहुती देशको रक्षार्थ दिए पनि देशले भने न्याय नदिएको आरोप पनि लगाएका छन्। ‘भारत देशको रक्षार्थ गोर्खाहरूले बारम्बार दुशमनको गोलि खाएर सहिद बन्न परिरहेका छन्। यस्तो अवस्थामा पनि देशको रक्षामा खटेर आफ्नो प्राणको आहुति दिने गोर्खाहरूले भने अफ्नै देशमा भने न्याय पाएका छैनन्। देशका प्रधानमन्त्री नरेन्द्र मोदीले –‘गोर्खाको सपना मेरो सपना’ भन्ने घोषणा मात्रै गरे तर गोर्खाहरूको सपना भने अहिलेसम्म पुरा गरेका छैनन्’ विनय तामाङले भनेका छन्।
उनले सहिद जीवन गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्दै युवा उमेरमा नै आफ्नो देशको निम्ति सहिद बनेका गुरुङको योगदानको एकदिन अवश्यै मूल्याङ्कन हुनेछ भन्ने विश्वास रहेको पनि तामाङले विज्ञप्तिमा बताएका छन्।
‘यो दुखको क्षणमा पुन: एकचोटि अमर सहिद जीवन गुरुङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण शोकित परिवारमा समवेदना प्रकट गर्दछु’ तामाङले भनेका छन्।

यो पनि पढ्नुहोस् : आतङ्की हमलामा दार्जीलिङ लामाहट्टा निवासी जीवन गुरुङ सहिद

No comments:

Post a Comment

Post Bottom Ad