मुख्यमन्त्रीलाई धन्यवाद भन्दै गोजमुमोको पोस्टरिङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, January 25, 2019

मुख्यमन्त्रीलाई धन्यवाद भन्दै गोजमुमोको पोस्टरिङ

गफसफ.com, कालेबुङ, 25 जनवरी।
दार्जीलिङ पहाडको भ्रमण अवधी मुख्यमन्त्री ममता ब्यानर्जीले गोर्खाहरूको परिचयको सङ्कटलाई समाधान गर्ने घोषणा गरेपछि गोर्खा जनमुक्ति कालेबुङ जिल्ला समितिले पोस्टर टाँसेर धन्यवाद दिएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले गोर्खाहरूको परिचयको संकट समाधान गर्ने घोषणाले आगामी दिनमा गोर्खाहरूले भोग्न परिरहेको परिचयको संकट समाधान हुने बताउँदै गोजमुमोले कालेबुङ शहरको विभिन्न ठाउँहरूमा पोस्टर टाँसेर धन्यवाद दिएको हो।

यसैक्रममा गोर्खा जनमुक्ति युवा मोर्चा सचिव अमिर बस्नेतले मुख्यमन्त्रीले गोर्खाहरूको परिचयको संकट समाधान गर्ने घोषणा अत्यंत्यै स्वागतयोग्य रहेको बताउँदै उनलाई धन्यवाद दिएको बताएका छन्। यसैक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले 121 जना मानिसहरूलाई प्राथमिक पाठशालामा शिक्षकको नियुक्ति दिएर बेरोजगार समस्या समाधानको कार्य गरेको भन्दै यसको निम्ति पनि गोजमुमो पार्टीको पक्षबाट अमिर बस्नेतले धन्यवाद दिएका छन्। सोहिक्रममा उनले पार्टी अध्यक्ष विनय तामाङ अनि महासचिव अनित थापाको सही नेतृत्वको कारण नै यी सबै कार्यहरू सम्भव भएको भन्दै उनीहरू प्रति पनि आभार प्रकट गरेका छन्।
‘बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले गोर्खाहरूको चिन्हारी र राष्ट्रिय सुरक्षाको निम्ति पहल गर्ने जुन वचन दिएकी छन् त्यसको निम्ति हामी धन्यवाद दिन चाहन्छौँ’ अमिर बस्नेतले अझ भने –‘उनले गोर्खाहरूको राष्ट्रिय चिन्हारी र सुरक्षाको साथ-साथै बेरोजगार युवाहरूलाई पनि रोजगारको अवसर दिँदै नियुक्ति पत्र पदान गरेका छन्। जसको निम्ति पनि हामी युवा मोर्चाको पक्षबाट आभार प्रकट गर्दछौँ।’

No comments:

Post a Comment

Post Bottom Ad