विद्यार्थी नानीहरूको सिर्जनात्म सोँचद्वारा निर्मित वैज्ञानिक सामाग्रीहरूको प्रदर्शनी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, January 28, 2019

विद्यार्थी नानीहरूको सिर्जनात्म सोँचद्वारा निर्मित वैज्ञानिक सामाग्रीहरूको प्रदर्शनी

गफसफ.com, कालेबुङ, 28 जनवरी।
कालेबुङ साइन्स सेन्टरमा नवप्रवर्तन (इनोभेसन)-माथि एकदिवसीय विज्ञान प्रदर्शनीको आयोजना गरियो। प्रदर्शनीमा कालेबुङका महकुमा शासक डा. अभिजित सेवाले प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए। उक्त प्रदर्शनीमा कालेबुङ साइन्स सेन्टर अन्तर्गत् रहेको इनोभेसन हबका नानीहरूले तयार गरिएको विज्ञानका मोडलहरू प्रदर्शीनीमा राखिएको थियो।

एक दिवसीय उक्त प्रदर्शनीमा डा. सुनिलकुमार सिङ्ग, सुब्रत मन्ना, प्रो. (डा) साजिद अली, सञ्जय वर्मा, अनमोल तामाङ, हेमन्त थापा, शिवानी शर्मा  अनि डा. बी. बी. गुरूङ आदि उपस्थित रहेका थिए।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा उपस्थित महकुमा अधिकारी अभिजित सेवाले-ले प्रदर्शनीमा राखिएको एउटा मोडल स्मार्ट स्टिकलाई देखेर खुशी व्यक्त गर्दै उक्त मोडललाई विकशित गर्न महकुमा कार्यालयको पक्षबाट आफु तयार रहेको बताएका छन्। जसको निम्ति उनले कार्यालयमा सम्पर्क गर्ने सुझाव समेत दिएका छन्।

आफ्नो सिर्जानात्मक सोँचद्वारा उक्त स्टिक तयार गर्ने निकिता छेत्रीले यस सम्बन्धमा खुशी व्यक्त गर्दै उक्त स्टिक दृष्टिहीन मान्छेहरूको निम्ति सोचेर तयार पारेको बताएकी छन्। ‘जब उनीहरू बाटोमा हिड्छ उनीहरूलाई आफ्नो अधिल्तिर रहेको ढुङ्गा मुडाहरू रहेको थाहाँ हुँदैनन्। त्यसो हुदाँ उनीहरूलाई चोट लाग्ने गर्छन्। तर यस प्रकारको स्टिकको सहायताले आफ्नो अधिल्तिर रहेको बाधाहरूलाई सेन्सरको सहायताले सहजै थाहाँ पाउन सक्छन्।‘ छात्रा निकिता छेत्रीले भने।
प्रदर्शनी विषय केन्द्रका क्युरेटर डा. बी. बी. गुरूङले भने, हाम्रा नानीहरू खुबै प्रतिभावान रहेको बताएका छन्। त्यस्ता प्रतिभासम्पन्न नानीहरूको निम्ति नै इनोभेसल हब बनिएको बताउँदै विज्ञान सम्बन्धि नानीहरूलाई आफुहरूले प्रोत्साहन प्रदान गरिरहेको बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad