ईष्ट्रन कमाण्डका आर्मी कमाण्डरद्वारा सिक्किम राज्यको सिमावर्ती क्षेत्रको भ्रमणमा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, January 29, 2019

ईष्ट्रन कमाण्डका आर्मी कमाण्डरद्वारा सिक्किम राज्यको सिमावर्ती क्षेत्रको भ्रमणमा

गफसफ.com, सुकुना, 29 जनवरी।
ईष्ट्रन कमाण्डका आर्मी कमाण्डर लेफ्टिनेन्ट जेनरल एम.एम नरावाने तीन दिवसीय त्रिशक्ति कोरको भ्रमणमा आइपुगेका छन्। उनी आज सुकुना आइपुगेपछि लेफ्टिनेन्ट जेनरल सी.पी मोहन्ती, त्रिशक्ती कोरले भव्य स्वागत गर्नका साथै उनेल सैन्य अपरेसन स्थिति अनि तैयारी सम्बन्धमा जानकारी गराएका छन्।

तीन दिवसीय भ्रमणमा आइपुगेका ईष्ट्रन कमाण्डका आर्मी कमाण्डर लेफ्टिनेन्ट जेनरल एम.एम नरावानेका साथ अनि त्रिशक्ति कोरसँगै ब्लैक क्याट डिभिजनमा जीओसीले आज सिक्किमका मुख्यमन्त्री पवन चामलिङलाई भेट गरेका छन्। उक्त भेटघाटको क्रममा सिक्किम राज्यको सिमान्त क्षेत्रमा सेनाद्वारा चलाइरहेको विभिन्न सैन्य गतिविधी सम्बन्धमा पनि चर्चा गरिएको छ।

यसैक्रममा आर्मी कमाण्डरले जीओसी त्रिशक्ती कोरको साथमा सिक्किमको विभिन्न स्थानहरूको पनि भ्रमण गरेर जानकारी लिएका छन् भने सैनाका जवानहरूसँग भेटघाट पनि गरेका छन्। यसक्रममा उनले सेनाका जवानहरूसँग सिमा क्षेत्रमा सुरक्षा स्थितिबारे पनि जानकारी लिएका छन्। यस अवसरमा आर्नी कमाण्डरले जवानहरूलाई उनीहरूको समर्पणको निम्ति सराहना गर्दै विपरित अनि कठिन समयआ पनि 24 घण्टा सजग बनेर देश सेवाप्रति प्रशंसा गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad