स्रष्टा संगमको वार्षिक साहित्यिक भेटघाट कार्यक्रममा फ्लाईओभर कथाकृति र दृष्टि पत्रिकाको लोकार्पण - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, January 11, 2019

स्रष्टा संगमको वार्षिक साहित्यिक भेटघाट कार्यक्रममा फ्लाईओभर कथाकृति र दृष्टि पत्रिकाको लोकार्पण

गफसफ.com, खर्साङ, 11 जनवरी।
स्रष्टा संगमको आयोजनामा वार्षिक भेटघाट कार्यक्रम पूर्व सिक्किमको रम्फुस्थित ई.पी भवनमा सम्पन्न भएको छ। वरिष्ठ साहित्यकार नरबहादुर दहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एडोन रोंगोंग मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए।

कार्यक्रममा स्रष्टा संगमको पक्षमा तितस लेप्चाको प्रकाशन अनि हनोक थापाको सम्पादनमा प्रकाशित दृष्टि पत्रिकाको लोकार्पण गरिएको छ। कार्यक्रमका मुख्य अतिथि, विशिष्ट अतिथि आदिको बाहुलीबाट उक्त पत्रिकाको विमोचन गरिएको हो। यसै अवसरमा कार्यक्रममा क्यामुना प्रधानकृत कथासङ्ग्रह फ्लाईओभर पनि विमोचन गरिएको छ।
यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै पत्रिकाका सम्पादक हनोक थापाले आगामी दिनमा पत्रिकालाई निरन्तरता दिने बताउँदै पत्रिकामा सबैलाई समेट्ने प्रयास गरेको बताएका छन्। कार्यक्रममा भारतीय नेपाली साहित्यका स्रष्टा गहर उदासीलाई स्रष्टा संगमको तर्फबाट मरणोप्रान्त सम्वर्द्धना जनाइएको थियो। कार्यक्रमका मुख्य अतिथि, विशिष्ट अतिथि आदिको बाहुलीबाट गहर उदासीकी पत्नी तारमित लेप्चा र छोरी सृजना सुब्बालाई प्रदान गरिएको थियो। यसक्रममा गहर उदासीको जीवनी र भारतीय नेपाली साहित्यमा दिइएको योगदानमाथि डा. छत्र सुब्बा पावलले प्रकाश पारेका थिए भने गहर उदासीका कथाहरू बीरेन्जा राई र क्यामुना प्रधानले पठन गरेका थिए।
कार्यक्रममा क्यामुना प्रधानकृत कथासंग्रह अतिथिहरू नरबहादुर दाहाल, डा एडोन रोंगोंग, डा बीडी राई, डा छत्र पावल सुब्बा, प्रा मेहेरमान सुब्बा, एल्डर एस के प्रधान, रवि रोदन र कथाकारको बाहुलीबाट लोकार्पण गरियो भने पुस्तक समर्पणको प्रार्थना पास्टर पिटर थापाले गरेका थिए। यसक्रममा लोकार्पित कथाकृति फ्लाईओभरमाथि समीक्षात्मक टिप्पणी प्रा मेहेरमान सुब्बाले राखेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad