पूर्व सिक्किममा रोयल बेङ्गल टाईगर पछि हिम चितुवाको फोटो कैद - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, January 11, 2019

पूर्व सिक्किममा रोयल बेङ्गल टाईगर पछि हिम चितुवाको फोटो कैद

गफसफ.com, सिक्किम, 11 जनवरी।
एक महिना भन्दा कम समयको अन्तरालमा सिक्किम राज्यको पाङ्गोलाखा वन्यजीव अभ्यारण्यमा रोयल बेङ्गाल टाइगरको फोटो खिचिएपछि लगत्तै हिम चितुवा (स्नो लियोपर्ड) फोटो कैद भएको छ। जुन क्यामेराले रोयल बेङ्गल टाइगरको फू कैद गरेको थियो सोहि क्यामेराले नै उक्त हिम चितुवाको पनि फोटो कैद गरेको छ। 

गत 2 जनवरीका दिन 9,583 फिट उँचाई रहेको गोटजुरे स्थानमा उक्त हिम चितुवाको फोट कैद भएको हो। ‘हिम चितुवाको मायावी अनि लजालु स्वाभावको प्रकृति हुने गर्छ। यसलाई धेरजसो उत्तरी अनि पश्चिमी सिक्किमको भागहरूमा क्यामेरामा कैद गरिएको छ। तर, पूर्व सिक्किममा भने यो एकदमै दुर्लभ दृष्य हो’ पूर्व वाल्डलाइफ डिभिजनका डिभिजनल अफिसर दिछेन लाचुङ्पाले भने।
यसैक्रममा वर्ल्ड वाल्डलाईफ फन्ड इन्डिया, सिक्किम अनि दार्जीलिङ क्षेत्रका टीम लिडर प्रियदर्शनी श्रेष्ठले उच्च उँचाई भएको पूर्व सिक्किमका ठाउँहरू हिम चितुवाका निम्ति राम्रो ठाउँ हो यद्यपि यिनीहरूको उपस्थिति बारे भने अहिलेसम्म अध्ययन गरिएको छैन भने।
 ‘यो हिम चितुवाको फोटो पूर्व सिक्किममा पहिलोपल्ट कैद गरिएको होइन। केहिवर्ष अघि क्योंग्सिया अल्पाइन अभ्यारण्यमा वन्यप्राणी संस्थानका अनुसन्धानकर्ताको क्यामेरामा कैद भएको थियो जुन चाहिँ पाङ्गोलाखा वन्यप्राणी अभ्यारण्यसँग जोडिएको ठाउँ हो’ उनले भनिन्।
‘यदि तपाईँले फोटोलाई हेर्नुभयो भने त्यस ठाउँ बक्लो जङ्गल भएको छ। हामीलाई विश्वास थिएन कि जनावर यतितलसम्म आउनेछ भन्ने विश्वास थिएन। यति धेरै कम उँचाई भएको क्षेत्रमा हिम चितुवा भएको अहिलेसम्म कुनै रेकर्ड समेत छैन। हामीले अहिलेसम्म कुनै किस्सा समेत सुनेका छैनौँ’ श्रेष्ठले भनिन्। यसक्रममा उनले उनको सङ्गठनले उत्तर सिक्किममा जनावरहरूको जनसंख्याको आङ्कडा समेत दिएको तर सटिक्क आकडा दिन भन भने सम्भव नरहेको जनाइन्।
इन्पुट स्रोत – द टेलिग्राफ 
https://epaper.telegraphindia.com/imageview_246635_11539183_4_72_11-01-2019_8_i_1_sf.html

No comments:

Post a Comment

Post Bottom Ad