‘गोर्खल्याण्ड’ नाउँको ‘सञ्जिविनी’ ल्याउन जन आन्दोलन पार्टीका नेताहरू हनुमानको शरणमा; पार्टीले गर्‍यो पैदल यात्राको घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, January 26, 2019

‘गोर्खल्याण्ड’ नाउँको ‘सञ्जिविनी’ ल्याउन जन आन्दोलन पार्टीका नेताहरू हनुमानको शरणमा; पार्टीले गर्‍यो पैदल यात्राको घोषणा

गफसफ.com, कालेबुङ, 27 जनवरी।
जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले गोर्खल्याण्ड नाउँको ‘सञ्जिविनी’ ल्याउन हनुमानको चरण परेक छन्। पार्टीको चौथो स्थापना दिवसको अवसरमा जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीसँगै पार्टीका पदअधिकारीवर्ग अनि कार्यकर्ताहरूले हनुमानको चरणमा परेर ‘गोर्खाल्याण्ड’ नाउँको ‘सञ्जिविनी’ ल्याउने प्रार्थना गरेका छन्।

लोकसभा चुनाव घोषणा हुन ठिक अघाडी जन आन्दोलन पार्टीले चौथो स्थापना दिवसको अवसरमा पैदल यात्राको घोषणा गरेको छ। जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति जनतामा जागरूक्ता जगाउँदै दार्जीलिङक लोकसभा समष्टि क्षेत्रभरी पैदल यात्रा गर्ने घोषणा गरेका छन्।

‘जन आन्दोलन पार्टीले छुट्टै राज्य प्राप्त नगरेसम्म दृढ संकल्प लिएर अघि बडीरहनेछ’ डा. हर्कबहादुर छेत्रीले चौथो स्थापना दिवसको अवसरमा ईश्वरको चरण छोएर भने। यसैक्रममा उनले आज देखि नै आफुहरूको पैदल यात्रा सुरुआत भएको घोषणा गरे।
‘हाम्रो पैदल यात्रा आजदेखि नै सुरु भयो। आज हामी डेलोदेखि दुर्पिनसम्म पैदल हिँड्नेछौँ। त्यस अवधी बाटोमा मानिसहरूँग भेटघाट गरेर कुराकानी पनि गर्नेछौँ। त्यसरीनै हामी दार्जीलिङ लोकसभा समष्टिको सम्पूर्ण ठाउँहरूमा पैदल यात्रा गर्नेछौँ’ डा. हर्कबहादुर छेत्रीले भने।
उनले पैदल यात्राको घोषणा गर्दै महात्मा गान्धीको दाण्डी यात्रा देखि लिएर माउतेत्सुङको पैदल यात्राको पनि सम्झना गरे। उक्त दुवैवटा पैदल यात्राहरूले जनतामा जागरूकता फैलाउने कार्य गरेको भन्दै आफुहरूको पैदल यात्रा पनि जनतामा जागरूकता ल्याउनकै निम्ति हो भने।

No comments:

Post a Comment

Post Bottom Ad