स्कुटीले हिर्कायो वाहन; स्कुटीको चालक आफै भए गम्भीर घाइते - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, January 25, 2019

स्कुटीले हिर्कायो वाहन; स्कुटीको चालक आफै भए गम्भीर घाइते

गफसफ.com, कालेबुङ, 25 जनवरी।
कालेबुङ शहरबाट टिस्टातर्फ गइरहेको स्कुटीले दार्जीलिङबाट आइरहेको एउटा बाहनलाई हिर्काउँदा स्कुटीमा सवार एकजना व्यक्ति गम्भीर घाइते भएका छन्। उक्त दुर्घट्ना कालेबुङको अग्निसमन केन्द्र नजिक 8 माइल भएको हो। अधिक रफ्तारको साथमा उँधो गइरहेको कालो स्कुटी WB-79,7896 तलबाट आइरहेको वाहनमा सोझैँ ठोक्किन पुगेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

विपरित दिशाबाट आइरहेको एउटा वाहनसँग स्कुटी ठोक्किन पुगेपछि स्कुटीका चालक आफै गम्भीर घाइते बनेका छन्। उक्त दुर्घट्ना भर्खरै 8:20 बजेतिर भएको हो। दुर्घट्नापछि उनलाई तत्कालै स्थानीय मानिसहरूको सहयोगमा कालेबुङ अस्पताल पुर्‍याइएको जानकारी प्राप्त भएको छ भने स्कुटी कसको अनि कहाँ जाँदै थियो भन्ने कुराको कुनै पुष्टि भएको छैन। यसका साथै दुर्घट्नामा परेर घाइते भएका व्यक्तिको पनि परिचय प्राप्त हुन सकेको छैन।
(नोट: विस्तृत जानकारीको प्रतिक्षामा)

No comments:

Post a Comment

Post Bottom Ad