गोरामुमो अनि मुख्यमन्त्री ममता ब्यानर्जीमाज वैठक; मन घिसिङले भने – ‘छैटौँ अनुसूची मात्रै पहाडको समाधान’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, January 22, 2019

गोरामुमो अनि मुख्यमन्त्री ममता ब्यानर्जीमाज वैठक; मन घिसिङले भने – ‘छैटौँ अनुसूची मात्रै पहाडको समाधान’

गफसफ.com, दार्जीलिङ, 23 जनवरी।
‘दार्जीलिङ पहाडका निम्ति अहिलेको समयमा स्थायी समाधान भनेको केवल छेटौँ अनुसूची मात्रै हो। छैटौँ अनुसूचीले नै पहाडवासीको राजनैतिकरूपले स्थायी समाधान निस्कनेछ। सोही माग हामीले मुख्यमन्त्री समक्ष पनि राखेका छौँ’ उक्त कुरा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) अध्यक्ष मन घिसिङले मुख्यमन्त्री ममता ब्यानर्जीलाई भेटेर निस्केपछि भनेका हुन्।

गोरामुमो पार्टीको प्रतिनिधी टोलिले पहाड भ्रमणमा आएकी मुख्यमन्त्री ममता ब्यानर्जीले भेट गरेपछि एक ज्ञापन पत्र चढाएको छ। ज्ञपन पत्रमा अघिबाटै सम्झौता पत्रमा हस्ताक्षर भएको छैटौँ अनुसूची पहाडमा लागु गरिनुपर्ने माग गरिएको छ। गोरामुमो पार्टीका संस्थापक अध्यक्ष स्व. सुवास घिसिङको नेतृत्वमा सन्  2005 मा नै छैटौँ अनुसूचीको सम्झौता भए पनि आजसम्म उक्त लागु नहुनाले पहाडको समस्या समाधान नभएको भन्दै यदि छैटौँ अनुसूची लागु गरिए पहाडमा राजनैतिक रूपले समाधान हुने गोरामुमोको भनाई रहेको छ।
‘हामीलाई मुख्यमन्त्री ममता ब्यानर्जीले अघिल्लो वैठकहरूमा पहाडबारे स्थायी समाधानको निम्ति सोँच्नु भनि सुझाव दिएकी थिइन्। सबै राजनैतिक दलहरूलाई नै स्थायी समाधानबारे उनले सुझाव मागेपनि हामीले चाहीँ हाम्रो सुझाव दिएका छौँ। वर्तमान समयमा छैटौँ अनुसूची आत्रै स्थायी समाधान हो’ मन घिसिङले भने। उनले मुख्यमन्त्री ब्यानर्जीसँगको भेटघाट सकारात्मक रहेको भन्दै उनले यसबारे प्रतिक्रिया भने केहि नदिएको पनि जानकारी गराएका छन्।
अर्कोतर्फ मुख्यमन्त्री ममता ब्यानर्जीसँगको भेटघाटमा आगामी लोकसभा चुनावलाई लिएर कुनै कुराकानी भयो भनि प्रश्न गर्दा उनले चुनावबारे चर्चा नभएको बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad