जनतालाई आन्दोलन गर्न उक्साएर अलपत्र बनाई छोड्ने विमल गुरुङको पहाडमा अस्तित्व छैन – अरूण छेत्री - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, January 22, 2019

जनतालाई आन्दोलन गर्न उक्साएर अलपत्र बनाई छोड्ने विमल गुरुङको पहाडमा अस्तित्व छैन – अरूण छेत्री

गफसफ.com, दार्जीलिङ, 22 जनवरी।
‘सर्वप्रथम त बिमल गुरुङको पहाडमा अस्तित्व छैन। त्यसैले आगामी लोकसभा चुनावमा कुन गठबन्धनमा रहन्छ भन्ने कुरा त्यति महत्त्व रहदैन। बिमल गुरुङ,रोशन गिरि र अन्य भगौडे नेताहरुलाई पहाडको जनताले रिजेक्ट गरिसकेको छ। जनतालाई आन्दोलन गर्नु उक्साएर अलपत्र बनाई छोड्ने नेताहरु जनताको हिमाइती होइनन्’ उक्त कुरा गोर्खा जनमुक्ति युवा मोर्चा (विनय गुट) केन्द्रिय सचिव अरुण छेत्रीले भनेका हुन्।

उनले एक प्रेस विज्ञप्ति जारी गरेर आगामी लोकसभा चुनावमा तेस्रो मोर्चामा गठबन्धन हुने समयको माग रहेको बताउँदै त्यसले नै पहाडको हित हुने पनि दाबी गरेका छन्। ‘जाति र माटोको सुरक्षा गरौ - यो हाम्रो मुल मन्त्र हो। 8 बुँदे मागहरूको 1 नम्बरमा गोर्खा जातिको चिन्हारी र राष्ट्रिय सुरक्षाको उल्लिखित गरिएको छ। यसले सम्पूर्ण कुरोलाई बुझाउँछ। यसमा गोर्खाल्याण्डको नाम हालेन भनेर आपत्ति रहेछ तर यो प्रश्न प्रकाश गुरूङले उसकै विमल गुरुङ र रोशन गिरीलाई सोध्नु कि 2009 र 2014  को बीजेपीको चुनाव घोषणापत्रहरूमा गोर्खाल्याण्डको शब्द किन प्रयोग गरिएन?’ छेत्रीले प्रश्न तेर्साउँदै अझ भनेका छन् –‘केवल लङ पेन्डिङ डिमान्ड अफ् गोर्खास मात्रै किन लेखिए?
छेत्रीले प्रकास गुरुङद्वारा जारी बयानको प्रतिक्रिया व्यक्त गर्दै जनता नै सर्वोपरी भएको कारण विमल गुरुङलाई पार्टीको पदबाट हटाएको पनि दाबी गरेका छन्। 'बिजेपीले बिमल गरुङको काधमा बन्दुक राखेर बङ्गाललाई फाईरिङ गरेको नबुझनेहरु ले जातिलाई उनमुक्तिको निर्णायक मोडसम्म पुराउछ भन्नु चाहि हातमा लड्डु राखेर कुइनामा चाट्नु जत्तिकै हो’ अरुण छेत्रीले भनेका छन्। 
यसैक्रममा प्रकाश गुरुङद्वारा चिया अनि सिन्कोना कमानको निम्ति विनय तामाङहरूले केहि नगरेको आरोपप्रति छेत्रीले जवाब दिएका छ। उनले विमल गुरुङहरूले चिया कमानको हाजिरा वृद्धी देखि लिएर पर्जा पट्टा सम्मको निम्ति केहि नगरेको भन्दै विनय तामाङले आफ्नो कार्यकालमा समाधानको कार्य गरिरहेको बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad