स्व. सुवास घिसिङलाई सम्झिए कार्यकर्ताहरूले; वाई लामाले भने –‘गोर्खाहरू एकजुट भएर आप्पाको सपना पुरा गर्नुपर्छ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, January 29, 2019

स्व. सुवास घिसिङलाई सम्झिए कार्यकर्ताहरूले; वाई लामाले भने –‘गोर्खाहरू एकजुट भएर आप्पाको सपना पुरा गर्नुपर्छ’

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक अध्यक्ष स्व. सुवास घिसिङको चौथो पुण्यतिथी पालन
गफसफ.com, दार्जीलिङ, 29 जनवरी।
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-को संस्थापक अध्यक्ष स्व. सुवास घिसिङको चौथो पुण्यतिथी दार्जीलिङमा अवस्थित पार्टी कार्यालयमा पालन गरिएको छ। सर्वधर्म पूजा अर्चना आयोजना गरेर पालन गरिएको चौथो पुण्यतिथीमा पार्टीका कार्यकर्ताहरूले 108 बत्ती बालेर स्व. सुवास घिसिङलाई श्रद्धाञ्जली दिएका छन्। 


यसक्रममा पत्रकारहरूसँग कुराकानी गर्दै गोरामुमो नेता वाई लामाले स्व. सुवास घिसिङले भारतभरीका नेपालीभाषी जातिलाई गणतन्त्र भारतमा एकीकरण गरेर गोर्खा भनेर चिनाउने कार्य गरेको दावी गरेका छन्। स्व. सुवास घिसिङले गणतन्त्र भारतमा गोर्खाहरूलाई राजनैतिक अनि भाषिक अधिकार दिलाउने कार्य गर्नका साथै भारतमा गोर्खाहरू विदेशबाट आएको होइन भन्ने परिचय स्पष्टसँग राख्न सकेको पनि वाई लामाले दाबी गरेका छन्।

‘गोर्खाहरूको महान नेता स्व. सुवास घिसिङको आज चौथो पुण्यतिथी पार्टी कार्यालयमा उहाँका अनुयायीहरूको उपस्थितिमा पालन गर्‍यौँ। आज उनी नहुँदा दार्जीलिङ पहाडको राजनीति भङ्गालिएर गएको छ। आज सुवास घिसिङलाई नचिन्दा दार्जीलिङ पहाडको जुन दशा भएको छ यदि आज उनी हुँदो हो त यस्तो अवस्था भारतीय गोर्खाहरूको हुनेथिएन’ वाई. लामाले भने।
यसैक्रममा सम्पूर्ण गोर्खाहरूले स्व. सुवास घिसिङले देखाएको बाटोलाई अप्नाएर उनको सपना पुरा गर्नुपर्ने आह्वान पनि उनले गरेका छन्। ‘जबसम्म भारतको अस्तित्व रहन्छ अनि जबसम्म गोर्खाको अस्तित्व रहन्छ तबसम्म सुवास घिसिङ गोर्खाको हृदयमा जिउँदो रहनेछन्। यसैकारण उनले देखेको सपनालाई पुरा गर्न फेरि गोर्खाहरू एकजुट भएर अघि बड्नुपर्छ’ वाई.लामाले भने।

No comments:

Post a Comment

Post Bottom Ad