11 जात गोष्ठीलाई जनजातिको मान्यता दिनुपर्ने भन्दै विमल गुटले भेट्यो जनजाती मन्त्री जोएल उरावँ; विनय गुटले भन्यो –‘यो केवल स्टन्ट हो’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, January 3, 2019

11 जात गोष्ठीलाई जनजातिको मान्यता दिनुपर्ने भन्दै विमल गुटले भेट्यो जनजाती मन्त्री जोएल उरावँ; विनय गुटले भन्यो –‘यो केवल स्टन्ट हो’

गफसफ.com, दार्जीलिङ, 3 जनवरी।
‘झूटो अनि भ्रामक क्रियाकलापहरूको कारणले गर्दा हरेकपल्ट विफल बनेको विमल गुरूङ अनि रोशन गिरीहरूको अर्को गोर्खाहरूलाई भ्रममा हाल्ने झूटो अनि हताशापूर्ण क्रियाकलापको ज्वलन्त उदाहरण हो मन्त्री जोएल उरावँको रिकर्डेड भीडियो। जनजातिको मुद्दामा जनताको आँखामा धूलो हालेको कुरा प्रमाणित भइसकेपछि रोशन गिरीहरूले जनताको प्रकोपबाट बाच्नको लागि मन्त्री जुअल उरावँको भीडियो रिकर्डिङ सार्वजनिक गरेका हुन्। उनीहरूले जारी गरेको उक्त भीडियो रेकर्डिङले नै उनीहरू कति आत्तिएका छन् भन्ने प्रमाणित हुँदछ। दार्जीलिङ पहाड़लगायत देशभरिका गोर्खाहरू नै विमल गुरूङ अनि भाजपाको दुईमुखे नीतिले वाक्कदिक्क भइसकेका छन्’ उक्त कुरा गोजमुमो विनय गुटका प्रवक्ता सुरज शर्माले भनेका हुन्।

भाजपाको क्याबिनेटले गोर्खा समुदायका 11 जातगोष्ठीलाई जनजाति बनाउने प्रस्ताव पारित नगरेपछि आत्तिएर सांसद एस.एस आहलुवालीयाको प्रतिनिधित्वमा गएका टोलिले केन्द्रिय जनजाति मन्त्री जोएल उरावँलाई भेटगरेको भिड्यो सार्वजनिक गरेपछि शर्माले प्रतिक्रिया दिएका हुन्।
‘मन्त्रीको उक्त भीडियो रेकर्डिङमा स्पष्टरूपमा भनिएको छ- जनजातिका धेरै मुद्दाहरू भारत सरकारसमक्ष रहिआएको छ। जसमध्ये कतिपय क्याबिनेटमा पास भइसकेको छ, कतिपय बील ड्राफ्ट भइरहेको अवस्थामा छ अनि कतिपय कानून विभागमा प्रक्रियारत् अवस्थामा रहेको छ। जनजाति मामिला मन्त्रीको उक्त भनाइको आधारमा नै गोजमुमो दार्जीलिङका सांसद एसएस आहलुवालियालाई सोध्न चाहन्छ कि गोर्खाहरूको 11 जातगोष्ठीको जनजातिको मुद्दा कुन अवस्थामा रहेको छ?’ सुरज शर्माले अझ भनेका छन –‘जनजातिको मुद्दालाई लिएर हामी कुनै झूटो बयान अथवा दुईमुखे नीति होइन तर सदनको आगामी तीनदिनभित्रमा बील पेश गरिएको हेर्न चाहन्छौं।’
यसक्रममा उनले जनताको आँखामा धूलो हाल्न मन्त्रीको भीडियो बयान होइन जनजातिको मुद्दाको बील जनतालाई देखाउने चुनौती पनि रोशन गिरीहरूलाई दिन चाहन्छौं भनेका छन्। ‘गोर्खाहरूले जनजातिको मुद्दाको नाममा भीडियो रेकर्डिङ अनि फोटो खिच्ने स्टण्ट होइन तर यो विन्टर सेसनमा जनजातिको बील पास भएको हेर्न चाहन्छ’ शर्माले भनेका छन्। यसक्रममा उनले गोजमुमो अध्यक्ष विनय तामाङले जनजातिको मुद्दामाथि विमल गुरूङहरू अनि भाजपाको दुईमुखे नीतिको भण्डाफोर गर्ने पनि बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad