प्राथमिक पाठशालाहरूमा प्रशिक्षितहरूलाई नियुक्ति दिनुपर्ने गोर्खा प्रशिक्षित प्राथमिक शिक्षक सङ्गठनको माग - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, December 6, 2018

प्राथमिक पाठशालाहरूमा प्रशिक्षितहरूलाई नियुक्ति दिनुपर्ने गोर्खा प्रशिक्षित प्राथमिक शिक्षक सङ्गठनको माग

गफसफ.com, दार्जीलिङ 6 दिसम्बर।
प्राथमिक पाठशालाहरूमा आगामी नयाँ सत्रको सुरुवात हुन अघि नै जीटीएले 652 जना शिक्षकहरू नियुक्ति गर्ने केहिदिन अघि छिरिङ दहालले भनेपछि यता गोर्ख बेरोजगार प्रशिक्षित प्राथमिक शिक्षक सङ्गठनले प्रशिक्षितहरूलाई नियुक्ति दिनुपर्ने माग उठाएको छ। सङ्गठनका प्रतिनिधिवर्गले आज एक पत्रकार सम्मेलन डाकेर प्रशिक्षितहरूलाई नियुक्ति दिनुपर्ने माग गरेका हुन्।
गोर्खा बेरोजगार प्रशिक्षित प्राथमिक शिक्षक संगठनले आफ्ना लगभग 4 सय जना बेरोजगार सदस्यहरू प्रशिक्षित रहेको भन्दै उनीहरूलाई नियुक्ति दिनुपर्ने माग गरेका छन्। दार्जीलिङ पहाडमा हाल प्राथमिक शिक्षकको लागि आवश्यक पर्ने दुइ वर्षे प्रशिक्षण प्राप्त गरेका 4 सय भन्दा अधिक सदस्यहरू रहेको पनि सङ्गठनले दाबी गरेको छ। जसले नियुक्ति हुन अघि एनसीटीको नियम पालन गर्न पनि तयार रहेको बताएका छन्।
‘दार्जीलिङ पहाडका 778 वटा प्राथमिक पाठशालामा शीघ्रै 652 जना शिक्षक नियुक्ति हुने जीटीए साथै जिल्ला स्कूल बोर्डबाट जानकारी पाइएको छ। यसैले यस नियुक्तिमा दुइ वर्षे शिक्षक प्रशिक्षण गरिसकेका उम्मेद्वारहरूलाई प्राथमिकता दिए उचित हुनेछ’ सङ्गठनका अध्यक्ष सुधन गुरूङले भने।
यसैक्रममा सङ्गठनका कालेबुङ जिल्ला कमिटी अध्यक्ष रोमन भुजेलले प्राथमिक शिक्षक हुनको लागि दुइ वर्षे शिक्षण-प्रशिक्षणका साथै टेट उत्तीर्ण गरेको हुनपर्छ भन्दै दार्जीलिङ पहाडमा अहिलेसम्म पनि टेटको प्रावधान नरहेको बताएका छन्। यदि सरकारले दार्जीलिङ पहाडमा पनि यो प्रावधान लागू गर्छ भने गोर्खा बेरोजगार प्राथमिक शिक्षक संगठनका सम्पूर्ण सदस्य यसको लागि तयार रहेको पनि उनले बताएका छन्।
स्मरण रहोस, दुइ वर्षे शिक्षक प्रशिक्षण गरिसकेका, तर शिक्षक नियुक्ति नपाएका उम्मेद्वारहरूले नियुक्तिको माग गर्दै वर्ष 2014-मा गोर्खा बेरोजगार प्राथमिक शिक्षक संगठनको गठन गरेका थिए। जसले लगातार यस मागलाई अघि बढाउँदै लगिरहेका छन्। तरै पनि यसमाथि हालसम्म कुनै ठोस पहल नभएको कारण उनीहरू पुनः आफ्नो मागको लागि अघि आएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad