जीटीएद्वारा गिरी पुरस्कार जस योन्जन प्यासीलाई, अरूणा लामा पुरस्कार निमा स्याङदनलाई अनि शिवकुमार राई स्मृति पुरस्कार कृष्णसिंह मोक्तानलाई दिइने घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, December 15, 2018

जीटीएद्वारा गिरी पुरस्कार जस योन्जन प्यासीलाई, अरूणा लामा पुरस्कार निमा स्याङदनलाई अनि शिवकुमार राई स्मृति पुरस्कार कृष्णसिंह मोक्तानलाई दिइने घोषणा

गफसफ.com, १५ दिसम्बर, दार्जीलिङ। 

सुचना एवं सास्कृतिक विभाग गोर्खा क्षेत्रिय प्रशासनद्वारा प्रत्येक वर्ष प्रदान गरिने गिरी सम्मान पुरस्कार यस बर्ष 2018 नेपाली साहित्यका प्रखर साहित्यकारलाई डा. जस योन्जन प्यासीलाई प्रदान गरिने निर्णय लिइएको छ ।

यसका साथै पुर्व घोषित स्व अरुणा लामा स्मृति    पुरस्कार -2018 ले बिनोद स्याङदन अनि स्व शिवकुमार राई स्मृति पुरस्कार -2018 ले कृष्णसिंह मोक्तानलाई पनि प्रदान गरिने घोषणा गरिएको छ। उक्त घोषणा जीटीए अध्यक्ष विनय तामाङले गरेका हुन्।

'उक्त यी तीनैवटा सम्मान पुरस्कारहरू आगामी 27 दिसम्बर 2018 स्व अगमसिंह गिरी जयन्ती समारोहमा हाम्रा जाति , भाषा, साहित्य, सस्कृति, संगीत र समाजका त्यी विभूतिहरूलाई सम्मानित गरिनेछ' विनय तामाङले अझ भने -'सुचना एवं सास्कृतिक विभागम, गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनद्वारा गठित चयन समितिद्वारा यी विभूतिहरूको शुभनामहरू चयन गरिएका हुन्'

No comments:

Post a Comment

Post Bottom Ad