'दान खालिङ साहित्य सम्मान-२०१८' शातब्दी पुरुष हायमानदास राई किरातलाई - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, December 16, 2018

'दान खालिङ साहित्य सम्मान-२०१८' शातब्दी पुरुष हायमानदास राई किरातलाई

गफसफ.com, सिलगडी १६ दिसम्बर।

दान खालिङ साहित्य सम्मान २०१८ ले वरिष्ठ साहित्यकार एवम् शातब्दी पुरुष हायमनदास राई किरातलाई सम्मानित गर्ने भएको छ। सिलगडी नेपाली साहित्य संस्थानले पहिलो दान खालिङ साहित्य सम्मानको आज घोषणा गरेको छ।


संस्थानका अध्यक्ष देवचन्द्र सुब्बाले शताब्दी पुरुष हायमनदास राई किरातलाई उक्त पुरस्कर प्रदान गरिने आज घोषणा गरेका हुन्।
'प्रसिद्ध कवि समालोचक, विचारक तथा शिक्षाविद स्व. दान खालिङको स्मृतिमा उहाँको जन्म दिवसकोअवसर पारी प्रत्येक वर्ष एउटा साहित्यिक पुरस्कार प्रदान गर्ने निर्णय सिलगडी नेपाली साहित्य संस्थानले लिएको छ' देवचन्द्र सुब्बाले अझ भने -'यसरी प्रदान गरिने पुरस्कारको नाम दान खालिङ स्मृति पुरस्कार रहनेछ।'
उनले उक्त पुरस्कारको प्रायोजना उहाँकी कान्छी बहिनी नओमी खालिङले गर्ने भएको जानकारी गराउंँदै प्रत्येक वर्ष परिवारकै सदस्यहरूबाट उक्त पुरस्कार प्रदान गरिने पनि बताएका छन्। उनले उक्त पुरस्कार प्रत्येक वर्ष उनको जन्मदिवसको भोलिपल्ट अर्थात २६ दिसम्बरका दिन संस्थानको स्थापना दिवसको दिन अगमसिंह गिरी जयन्तीको छेक पारेर प्रदान गरिने पनि बताएका छन्।
'नेपाली साहित्यमा दान खालिङले दिनुभएको योगदानलाई सदैव सम्झना गर्न र स्थापित साथै नवोदित कवि लेखकहरूका योगदान तथा उत्तरोत्तर सिर्जनाउत्साहप्रति सम्मान प्रकट गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरिएको हो' देवचन्द्र सुब्बाले भने। यसक्रममा उनले उक्त पुरस्कार कुनै विधामा सिमित नरहेर सिर्जना, समालोचना, संस्मरण आदि कुनै पनि विधामा स्रष्टाको उत्कृष्ट कृति चयन गरि प्रदान गरिने पनि बताएका छन्। उनले पुरस्कार प्रदानको निम्ति उमेरको कुनै सिमा नतोकिएको पनि जानकारी गराएका छन्।
'यो वर्ष संस्थानले दीर्घकालीन साहित्य सेवामा रहेका 'शाताब्दी पुरुष' हायमनदास राई किरातलाई उहाँको साहित्यिक कार्य र योगदानको सम्मान गर्दै दान खालिङ साहित्य सम्मान प्रदान गर्ने निर्णय लिएको छ' संस्थानका अध्यक्ष देवचन्द्र सुब्बाले भने। 

No comments:

Post a Comment

Post Bottom Ad