पश्चिम बङ्गालमा रथयात्राको अनुमति माग्न भारतीय जनता पार्टी पुग्यो सुप्रिम कोर्ट - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, December 23, 2018

पश्चिम बङ्गालमा रथयात्राको अनुमति माग्न भारतीय जनता पार्टी पुग्यो सुप्रिम कोर्ट

गफसफ.com, नयाँ दिल्ली, 24 दिसम्बर।
पश्चिम बङ्गाल राज्यमा भारतीय जनता पार्टीले रथयात्रा गर्ने अनुमति माग्न भारतको सर्वोच्च अदालतको ढोका ढक्-ढकाएको छ। कोलकोता हाइकोर्टको खण्डपीठले रथयात्राको अनुमति रद्द गरेको कारण उक्त फसेलाको विरुद्ध भाजपाले सुप्रिम कोर्टमा अपिल गरेको हो।

सुप्रिम कोर्टको रजिस्ट्रीको एक अधिकारीले हाइकोर्टको खण्डपीठको आदेशको विरुद्ध भाजपाको अपिल प्राप्त भएको बताएका छन्। याचिकाको जाँच गरिरहेको पनि अधिकारीले बताएका छन् भने भाजपाले उक्त याचिकाको तत्काल सुनवाई गर्नुपर्ने माग गरेको छ।
यसभन्दा अघि भाजपाले प्रस्तावित रथयात्राको अनुमति माग्न सुप्रिम कोर्ट जाने बताएको थियो। सोहि अनुसार भाजपाले सुप्रिम कोर्टको ढोका ढक्ढकाएको हो। भाजपालाई पश्चिम बङ्गालमा त्यसबेला झट्का लागेको थियो जतिबेला एकल पीठले दिएको अनुमतीलाई खण्डपीठले खाजेर गरेको थियो।

No comments:

Post a Comment

Post Bottom Ad