दसदिनमा चितुवाले लियो दुई बच्चाको ज्यान; वनविभागप्रति मानिसहरू भए आक्रोशित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, December 23, 2018

दसदिनमा चितुवाले लियो दुई बच्चाको ज्यान; वनविभागप्रति मानिसहरू भए आक्रोशित

गफसफ.com, वीरपाडा-डुवर्स, 24 दिसम्बर।
अलिपुरद्वार जिल्लाको बीरपाडा थाना अन्तर्गत डुवर्सको दुम्सीपाडा चियाकमानमा चितुवाको आक्रमणमा एकजना 12 वर्षिय नाबालकको मृत्यु भएको छ। केवल 10 दिन अघि मात्रै एकजना नानीको चितुवाको आक्रमणमा मृत्यु भएको थियो भने पुन: दसदिनपछी चितुवाले अर्को 12 वर्षीय नाबालक अनिकेर उरावँको ज्यान लिएको छ।
FIle Photo
चितुवाले नाबालकलाई अक्रमणपछि चियाकमानभित्र घिसारेर लगेको थियो भने त्यहीँ नै उनको मृत्यु भएको थियो। उक्त घट्नापछि बीरपाडा-मदारीहाट चियाकमानका बासिन्दाहरूले असुरक्षित महशुस गरिरहेका छन्। विशेष गरेर स-साना नानीहरूको सुरक्षालाई लिएर अभिभावकवर्ग चिन्तित बनेका छन्।
प्राप्त जानकारी अनिसार आइतबारको बिहान रामझोडा चिया कमानको गोदाम लाइन निवासी रामु उरावँको 12 वर्षीय छोरा अनिएत उरावँ बगानको 5 नम्बर सेक्सनबाट पानी लिन गएका थिए। त्यसै समयम बगानको भीत्रबाट चितुवाले अक्रमण गरेर उनलाई बगानभित्र घिसार्दै लगेको थियो। घट्नापछि वरिपरि रहेका मानिसहरूले होहल्ला मच्चाएपछि धेरै संख्यामा मानिसहरू भेला भएका थिए भने मानिसहरूको व्यापक हो-हल्लाले चितुवा भागेको थियो।
चितुवा भागेपछि मानिसहरू पुगेर अनिकेत उरावँलाई हेर्न जाँदा उनको मृत्यु भइसकेको थियो। घट्नाको जानकारी पाएपछि यता घट्नास्थलमा पुलिस बलसहित बन विभागका कर्मचारीवर्ग आइपुगेका थिए। पुलिसले घट्ना स्थलबाट शवलाई उद्धार गरेर पोस्टमार्टमको निम्ति पठाएको छ।
उक्त घट्नापछि लङ्कापाडा रेञ्जका रेञ्जर विश्वजीतले क्षेत्रमा चितुवा पक्रनको निम्ति थप 7 वटा पिञ्जरा लगाउने भएको जानकारी दिएका छन्। यसका साथै बेहोश हुने बन्दुकको सहायताले पनि चितुवालाई पक्रने प्रयास गरिने जानकारी दिएका छन्। यता घट्नापछि स्थानीय मानिसहरूले बनविभागको विरोधमा प्रदर्शन समेत गरेका छन्।
यता वाइल्ड लाइफ वार्डन सीमा चौधरीको घट्नाप्रति दु:ख व्यक्त गर्दै चितुवा पक्रने विशेष अभियान चलाउने आश्वासन दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad