एनआरसी मुद्दालाई लिएर भागोप प्रतिनिधी टोलिको एनआरसी संयोजक अनि कार्यकारी निर्देशकसँग भेट - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, December 3, 2018

एनआरसी मुद्दालाई लिएर भागोप प्रतिनिधी टोलिको एनआरसी संयोजक अनि कार्यकारी निर्देशकसँग भेट

गफसफ.com, गुवाहटी, 3 दिसम्बर।
एनआरसी राज्य संयोजक प्रतिक हाजेला अनि कार्यकारी निर्देशक चन्दना महन्तसँग भारतीय गोर्खा परिसंघको प्रतिनिधी टोलिले भेट गरेको छ। भागोप राष्ट्रिय कार्यकारी अध्यक्ष मुनिष तामाङको नेतृत्वमा रहेको प्रतिनिधी टोलिले उक्त भेटघाट गरेको हो।

उक्त भेटघाट अवधीमा मुख्य गरेर तीनवटा बुँदाहरूमा चर्च भएको अनि उक्त चर्चा सकारात्मक भएको भागोप राष्ट्रिय प्रवक्ता आकश लामाले जानकारी दिएका छन्।
उक्त भेटघाटकको क्रममा भारतीय गोर्खा परिसंघको प्रतिनिधी टोलिले ग्राजिङ परमिट, क्याटल ट्याक्स अनि पीएसकेद्वारा कर तिरेको रसिदलाई प्रमाण पत्रको रूपमा स्वीकार नगरिएको विषयमा चर्चा गरेको थियो। यसका साथै छैटौँ अनुसूची क्षेत्रमा पञ्चायत व्यवस्था नभएको कारण भोग्न परेका समस्या लगायत जात नमिलेको कारण भोग्न परिरहेका समस्याबारे चर्चा गरिएको थियो।
उक्त तीनवटा बुँदामा विस्तृतरूपले चर्चा पछि सम्पूर्ण एनआरसी सेवा केन्द्रहरूमा सम्पर्क स्थापित गरिने आश्वासन प्रतिनिधी टोलिलाई दिएको छ। यसका साथै एनआरसी सूचीमा सूचीकृत गर्नका निम्ति सम्पूर्ण दाबीको साथमा बुझाएका आवेदन स्वीकार गर्नुपर्ने निर्देश एनआरसी सेवा केन्द्रहरूलाई दिइएको पनि भागोप प्रतिनिधी टोलिलाई जानकारी दिएको छ। यस विषयमा भागोपले आगामी दिनहरूमा सम्पर्क गरिरहने अनि कार्य प्रगतिबारे जानकारी लिइरहने आकाश लामाले बताएका छन्।
राष्ट्रिय कार्यकारी अध्यक्ष डा. मुनिश तामाङको नेतृत्वमा रहेको प्रतिनिधी टोलिमा भागोप आसम राज्य अध्यक्ष नित्यानन्द उपाध्यय, सचिव प्रकाश दहाल, प्रवक्ता ओमप्रकाश, डिमा हासओ सल्लाहकार लाक्पा लामा, लक्षमण छेत्री, प्रितम थापा, नन्द किराती देवान आदि रहेका थिए। यसक्रममा एनआरसी सूचीमा आफुलाई सूचीकृत गर्नका निम्ति भोग्न परिरहेका समस्याहरूबारे चर्चा गरिएको आकाश लामाले जानकारी दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad