एकसाथ दुई कथा सङ्ग्रह ‘एक छिमल जीवन’ र ‘मोह रंग’ लिएर आए कथाकार निरङ्कर थापा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, December 3, 2018

एकसाथ दुई कथा सङ्ग्रह ‘एक छिमल जीवन’ र ‘मोह रंग’ लिएर आए कथाकार निरङ्कर थापा

गफसफ.com, खर्साङ, 3 दिसम्बर।
कथाकार निरङ्कर थापाको दुईवटा कथाकृति आईतबार गोर्खा जनपुस्तकालयमा लोकार्पण गरियो। गोर्खा जनपुस्तकालय खर्साङको आयोजना अनि टेबल टोली खरसाङको सह आयोजनामा सम्पन्न कार्यक्रमलाई पुस्तकालयका सभापति रबीनकुमार प्रधानले अध्यक्षता गरेका थिए। यस अवसरमा प्रमुख अतिथिका रूपमा साहित्यकार मोहन ठकुरी उपस्थित रहेका थिए।

यसै अवसरमा उनका दुईवटा कथासङ्ग्रह ‘एक छिमल जीवन’ र ‘मोह रंग’ को एकैसाथ लोकार्पण गरिएको छ। यसैक्रममा कार्यक्रममा आज लोकार्पित दुईवटा कृतिहरू एक छिमल जीवन अनि मोह रंगमाथि चर्चा कार्यक्रम पनि सम्पन्न भयो। यस कृति विमर्श कार्यक्रममा डा राजकुमार कार्की, प्रा योगेस खाती, प्रा सुरज धड़्कन, कथाकार प्रकाश हाङ्खिम उपस्थित थिए भने यस विमर्श कार्यक्रमलाई कथाकार सञ्जीव छेत्रीले सञ्चालन गरेका थिए।
कृति विमर्शमा स्रष्टाहरूले कथाकार निरङ्कर थापाको कथा लेखन र कथाकारितामाथि पनि चर्चा गरे। वक्ताहरूले कथाकार थापालाई सैद्धान्तिक मूल्यमा होईन तर पाठकहरूको लागि कथाहरू लेख्ने गरेको बताउँदै कथाकार थापाले क्लिष्ट नलेखी पाठकको लागि साधारण रुपमा लेख्ने गरेको र वर्तमान राजनैतिक परिप्रेक्ष्य र जातिगत संघर्षका कुराहरू लिएर कथाहरू लेखिएको बताए।
कार्यक्रममा प्रमुख अतिथि साहित्यकार मोहन ठकुरीले कथाकार निरङ्कर थापामाथि बोल्दै मानिसको जीवन घटिरहेको जीवन लेखिएको छ भन्दै कथामा सबै कुरा सहजतासाथ लेखेको र यौन जस्तो विषयलाई पनि सहजता र शिष्ट संकेतहरूले छर्लङ्गै पारेको र जुन कथाकारको विशेषता भनी बताए। उनले हामी उनको कथाहरू पढ़दैनौं तर कथाहरूमा बग्छौं र कथाहरू सकेर मात्र निक्लन्छौं, यो कथाकारको विशेषता हो भने।
कार्यक्रममा प्रदीप शेर्पा, सन्ध्या आचार्य, बिनीता छेत्री लेप्चा, कर्ण विरह, महेन्द्र स्याङ्बो, कविता राई गाउँले, संजोग खवास, देबेन्द्र सुब्बा, जितेन्द्र खवास अमूर्त, सुवास छेत्री भावुक, सुकुमार बराईली, रञ्जित गुरूङले कथा, कविता, गीत, गजल, मुक्तक आदि पठन गरेका थिए।
कवि बिनोद रसाईलीले सञ्चालन गरेको कार्यक्रममा विमर्श कार्यक्रममा सहभागीहरू लगायत प्रमुख अतिथि र सभाध्यक्षलाई आयोजक समितिको तर्फबाट स्मृति चिन्ह्न प्रदान गरियो। कार्यक्रममा कथाकार निरङ्कर थापाले सबैप्रति आभार प्रकट गरे। कार्यक्रममा बिजनबारी, दार्जीलिङ, सोनादा, मिरिक, खरसाङ, सिटोंग, सुकना ,सिलगढी, तीनधारे,महानदी क्षेत्रका साहित्य र सामाजिक क्षेत्रका मानिसहरू उपस्थित थिए।

No comments:

Post a Comment

Post Bottom Ad