बङ्गाल भाजपा अध्यक्ष दिलिप घोषमाथि हमला; तृणमूल कङ्ग्रेसले आवाज दबाउने कोशिस गरिरहेको आरोप - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, December 6, 2018

बङ्गाल भाजपा अध्यक्ष दिलिप घोषमाथि हमला; तृणमूल कङ्ग्रेसले आवाज दबाउने कोशिस गरिरहेको आरोप

गफसफ.com, कुचबिहार, 6 दिसम्बर।
कुचबिहरमा पश्चिम बङ्गाल राज्य भाजपा अध्यक्ष दिलिप घोषमाथि हमला भएको छ। उनको वाहनमा कुचबिहार जिल्लाको सीतलकुची क्षेत्रमा अज्ञात मानिसहरूको समुहले हमला गरेका हुन्। जसको कारण वाहनको ऐना समेत फुटेको छ।

दिलिप घोष प्रतावित भाजपाको रथयात्रामा सहभागी बन्नका निम्ति कुचबिहार जानेक्रममा वाहनमा अचानक आक्रमण भएको हो। उक्त घट्नापछि उनले तृणमूल कङ्ग्रेस सरकारले विपक्षीको आवाज दबाउने कोशिस गरिरहेको आरोप लगाएका छन्।
‘तृणमूल नेताहरूले मेरो वाहमा हमला गरे अनि कराउँदै मलाई फर्केर जानु भने। हिंसाको समय मेरा केहि पार्टी कार्यकर्ताहरू घाइते भएका छन्। यसअवधी पुलिस मुकदर्शक बनेर बसिरहे’ दिलिप घोषले भने।
यता दिलिप घोषको आरोपलाई तृणमूल नेता रवीन्द्र नाथ घोषले निरर्थक रहेको बताएका छन् भने उक्त हमला भाजपाको आन्तरिक कलको परिणाम रहेको पनि बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad