पहाडका 20 जना खेलाडीहरूलाई जर्मनीमा प्रशिक्षण दिइने; विनय तामाङले भने –‘हाम्रो प्रयासलाई राजनैतिक चश्माले नहेर्नुहोस्’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, December 7, 2018

पहाडका 20 जना खेलाडीहरूलाई जर्मनीमा प्रशिक्षण दिइने; विनय तामाङले भने –‘हाम्रो प्रयासलाई राजनैतिक चश्माले नहेर्नुहोस्’

गफसफ.com, दार्जीलिङ, 7 दिसम्बर।
जर्मनीको प्रसिद्ध फूटबल क्लब इन्ट्रयाक्ट फ्र्याङ्कफर्टले दार्जीलिङ पहाडका 12 वर्ष मुनिका 20 जना खेलाडीहरूलाई जर्मनी लाने भएको छ। जर्मनीको प्रसिद्ध फुटबल क्लब इन्ट्रयाक्ट फ्र्याङ्कफर्टको अन्तर्राष्ट्रिय परियोजना प्रमुख निकोलाई एडेम र उनका सहयोगी इन्ट्राक्ट फ्रान्कफर्टका इन्टरनेशनल रिलेशन एण्ड स्पोर्ट्स पार्टनरशिप्स फिलिक्स हन्सभेङ्कल हिजो नै दार्जीलिङ आइपुगेका छन्।

उनीहरूले नै दार्जीलिङ पहाड़का 12 वर्षमुनिका फूटबल प्रतिभाहरूको चयन गरी यो क्लबले दार्जीलिङ पहाडबाट मोठ 20 जना प्रतिभाशाली फूटबल खेलाडीको चयन गरेर प्रशिक्षणको लागि जर्मनी लाने भएको हो।
हाल जीटीए, दार्जीलिङ पुलिसले फूटबल नेक्स्ट फाउण्डेशनको सहयोगमा पहाडका 20 जना 12 वर्षमुनिका फूटबल खेलाडीहरूलाई फूटबल प्रशिक्षणको लागि जर्मन पठाउने भएको छ। जसको चयन गर्ने उद्देश्य लिएर नै आज निकोलस यहाँ आएका हुन्। निकोलाई एडेम अण्डर 17 भारतीय टोलीका पूर्व मुख्य प्रशिक्षक पनि रहिआएका छन् भने उनको फूटबल क्लब इन्ट्रयाक्ट फ्र्याङ्कफर्ट जर्मनीको ख्यातिप्राप्त फुटबल लीग बुन्दास लिगाको पाँचौं स्थानमा रहेका छन्।
आज उनीहरूले डाली पुलिस खेल मैदानमा पहाड़का 12 वर्षमुन्निका खेलाड़ीहरूलाई लिएर निरीक्षण खेल सम्पन्न गरियो। यस अवसरमा निकोलाई एडेम, फिलिक्सलगायत अन्य सहयोगीहरू पनि उपस्थित रहेका थिए।
यसपछि उनीहरूले जीटीएको सचिवालय लालकोठी पुगेर जीटीए अध्यक्ष विनय तामाङ अनि जीटीए मुख्य सचिव शइद अहमद् बाबा(आईएएस) सित भेटवार्ता गरी दार्जीलिङ पहाड़को फुटबल खेलमा विकास- व्यवस्थापनसम्बन्धि महत्वपूर्ण सभा पनि सम्पन्न भयो।उक्त सभामा दार्जीलिङ पहाड़मा फुटबल विकास गर्ने दिशामा धेरै महत्वपूर्ण चर्चा भएको छ।
‘दार्जीलिङ पहाड़मा फुटबलको पुरानो गौरव फेरि फर्काइल्याउनको निम्ति जीटीएले दार्जीलिङ पुलिस अनि नेक्स्ट फाउण्डेशन मिलेर धेरै योजनाहरू बनाएका छौं। सोही उद्धेश्यले आगामी 9 दिसम्बरदेखि राष्ट्रियस्तरका फुटबल क्लबहरूसितै दार्जीलिङ पहाड़का क्षेत्रीय क्लबहरूलाई पनि लिएर चेयरम्यान गोल्ड कप आयोजना भइरहेको छ’ जीटीए अध्यक्ष विनय तामाङले भने।
यसक्रममा उनले दार्जीलिङ पहाड़का 20 जना 12 वर्ष मुन्निका फुटबलका प्रतिभावान खेलाड़ीहरूलाई जर्मनीमा प्रशिक्षण गराउने उद्धेश्यले जर्मनीको प्रसिद्ध फूटबल क्लब इन्ट्रयाक्ट फ्र्याङ्कफर्टको अन्तर्राष्ट्रिय परियोजना प्रमुख निकोलाई एडेम र उनका सहयोगी एवं इन्ट्राक्ट फ्रान्कफर्टका इन्टरनेशनल रिलेशन एण्ड स्पोर्ट्स पार्टनरशिप्स फिलिक्स हन्सभेङ्कल दार्जीलिङ आएको जानकारी दिँदै उनीहरूकै सक्रियतामा पहाडका 20 जना खेलाड़ीहरूले जर्मनीमा फेसवाइज हिसाबमा 3 वर्षको प्रशिक्षण गराइने बताएका छन्।
यसबाहेक गत केही दिनअघिमात्र पश्चिम बंगालबाट 4 जना प्रतिभाशाली खेलाड़ीहरूलाई जर्मनी लगिएको थियो भने जसमा दार्जीलिङबाट मनिष सुब्बा पनि रहेका थिए।
यसबाहेक आगामी 9 दिसम्बरको दिन सालुगढ़ामा भइरहेको उद्घाटनी समारोहमा पनि इन्ट्रयाक्ट फ्र्याङ्कफर्टको अन्तर्राष्ट्रिय परियोजना प्रमुख निकोलाई एडेम र उनका सहयोगी फिलिक्स उपस्थित रहने र दार्जीलिङ पहाड़का फुटबल खेलसम्बन्धि महत्वपूर्ण घोषणाहरू गर्ने भएका छन्। दार्जीलिङ पहाड़का प्रतिभाशाली खेलाड़ीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा उभ्याउने दिशामा क्लबको तर्फबाट हरेक प्रकारको सहयोगहरू प्रदान गरिने पनि उनीहरूले आश्वासन दिएका छन्।
‘दार्जीलिङ पहाड़का फुटबल खेलाड़ी अनि फुटबल प्रेमीहरूको निम्ति यो अति नै महत्वपूर्ण उपलब्धि हो। दार्जीलिङ पहाड़को फुटबल खेलको इतिहासमा अहिलेसम्म यस्तो उपलब्धि हासिल गर्न सकिएको थिएन’ विनय तामाङले अझ भने –‘हामी दार्जीलिङ पहाड़लाई हरेकक्षेत्रबाट विकसित गर्न चाहन्छौं। चिया, पर्यटन, प्राकृतिक सम्पदाहरूको साथसाथै शिक्षा, खेलकूदलगायत हरेकक्षेत्रमा नै दार्जीलिङ पहाड़लाई अघि बड़ाउन चाहन्छौं। यस हिसाबमा हाम्रा प्रतिभाशाली खेलाड़ीहरूको निम्ति हामीले जर्मनीबाट अन्तर्राष्ट्रियस्तरको मञ्चको ढोका खोल्न सफल बनेका छौं भने यही खेलमार्फत नै दार्जीलिङको चिया अनि पर्यटनको पनि जर्मनीमा प्रोमोट गर्ने ढोका पनि खोलेका छौं।’
यसक्रममा उनले आफुहरूले गरिरहेका प्रयास अनि अभियानलाई राजनैतिक चश्मा लगाएर साघुँरो मानसिकतालेमात्रै नहेरेर दार्जीलिङ पहाड़का प्रतिभाशाली खेलाड़ीहरूको पक्षबाट पनि सोचिदिने राजनैतिक अनि सामाजिक व्यक्तित्त्ववर्ग, बुद्धिजीवी अनि सर्वसाधारणलाई आह्वान गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad