प्रधानमन्त्री नरेन्द्र मोदी 16 दिसम्बर सिलगडी आउने; उत्तर बङ्गालको लोकसभा आसनमा भाजपाको तिखो नजर - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, December 5, 2018

प्रधानमन्त्री नरेन्द्र मोदी 16 दिसम्बर सिलगडी आउने; उत्तर बङ्गालको लोकसभा आसनमा भाजपाको तिखो नजर

गफसफ.com, सिलगडी 5 दिसम्बर।
उत्तर बङ्गालमा भारतीय जनता पार्टीले आगामी लोकसभा चुनावमा एकभन्दा अधिक आसनमा जित निकाल्ने रणनीति तयार पारिरहेको छ। जसको चुनावी बिगुल फुक्न प्रधानमन्त्री नरेन्द्र मोदी आगामी 16 दिसम्बरका दिन सिलगडीमा आएर जनसभा गर्ने सम्भावना रहेको पार्टी सूत्रले बताएक छन्।

प्रधानमन्त्री मोदीको सिलगडी भ्रमणबारे आधिकारिक पुष्टि नभए पनि उनी गणतन्त्र बचाऊ, बङ्गाल बचाऊको नारासँगै निकालिने रथयात्राको क्रममा आगामी 16 दिसम्बर सिलगडी आउने निश्चित भएको पार्टी सूत्रको दाबी रहेको छ।
‘पश्चिम बङ्गालमा गणतन्त्र नाउँको कुनै चीज नै छैन। यसैकारण भाजपा गणतन्त्र बचाउ, बङ्गाल बचाऊको नारा दिएर रथयात्रा आयोजना गरिरहेको छ’ भाजपा नेता तथा राज्य चुवान कमेटीका पर्यवक्षक विजयवरीयले भने। उनी भाजपा नेता मुकुल रोयको साथमा बाघडोगरा हवाई अड्डामा बोलिरहेका थिए।
बाघडोगरा हवाई अड्डाबाट कुचबिहार प्रस्थान गर्न अघि दुवै नेताहरूले तृणमूल सरकारको जोड्दार अलोचना गर्न पछि परेनन्। यसक्रममा राज्य सरकारले अहिलेसम्म रथयात्राको अनुमति नदिएको पनि विजयवर्गीयाले बताए। जुन कुराले राज्यमा गणतन्त्र नरहेको पुष्टी भएको उनले दाबी गरेका छन्।
‘राज्यमा गणतन्त्र स्थापनाको निम्ति भाजपाले रथयात्रा निकाल्नेछ। यदि सरकारले रथयात्राको अनुमति दिँदैन भने यो लोकतन्त्रन्त्रको हत्या हुनेछ’ विजयवर्गीयाले भने। उनले उक्त रथयात्रामा तृणमूल सरकारको विफलताबारे पनि जनतालाई अवगत गराउने बताएका छन्।
यसैक्रममा पत्रकारहरूसँग बोल्दै मुकुल रोयले आगामी 16 दिसम्बर प्रधानमन्त्री नरेन्द्र मोदी सिलगडी आउनसक्ने बताए। ‘उनलाई बोलाउने प्रयास गरिरहेका छौँ’ मुकुल रोयले भने। यसैक्रममा उनीहरूले कुचबिहार प्रस्थान गर्न अघि सिलगडी नजिक कावाखाली मैदानको पनि भ्रमण गरेर जानकारी लिए भने सोहि मैदानमा प्रधानमन्त्रीको जनसभा हुने सम्भावना रहेको छ।

No comments:

Post a Comment

Post Bottom Ad