लोकनाथ उपाध्यायलाई 2018-को नेपाली साहित्य अकादमी पुरस्कार प्रदान गरिने घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, December 5, 2018

लोकनाथ उपाध्यायलाई 2018-को नेपाली साहित्य अकादमी पुरस्कार प्रदान गरिने घोषणा

गफसफ.com, कालेबुङ 5 दिसम्बर
लोकनाथ उपाध्यायलाई 2018को नेपाली साहित्य अकादमी पुरस्कार प्रदान गरिने घोषणा भएको छ। साहित्य अकादमीका अध्यक्ष डा. चन्द्रशेखर कम्बरले आज भारतका 24 भाषाका साहित्य अकादमी पुरस्कारको घोषणा गरेका छन्। उनले उक्त पुरस्कारको घोषणा एक प्रेस बिज्ञप्ती मार्फत् गरेका छन्।

नेपाली भाषामा लोकनाथ उपाध्यायलाई उनका कृति ‘किन रोयौ उपमा’-को निम्ति प्रदान गरिने घोषणा भएको हो। नेपाली भाषामा उनको कथा सङ्ग्रह ‘किन रोयौ उपमा’ लाई ज्युरीहरू क्रमैले बिना हाङ्खिम, मनप्रसाद सुब्बा अनि दुर्गा खतिवडाको मतले पारित गरेपछी पुरस्कारको निम्ति घोषणा गरिएको हो।
असम राज्यको डिगबोईमा पिता कपिलमणि उपाध्याय अनि माता चन्द्रकला उपाध्यायको कोखमा सन् 1939 मा जन्म ग्रहण गरेका लोकनाथ उपाध्याय अहिलेघरी सिलगडीमा बस्दै आइरहेका छन्। नेपाली साहित्यको क्षेत्रमा निरन्तररूपले कलम चलाउँदै आइरहेका उपाध्यायका आँधी, साइत, अन्तराल, विवर्तन आदि कृतिहरू प्रकाशित रहेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad