प्राथमिक शिक्षामा सुधार ल्याउन नेता अनि शिक्षकहरूले पहिला आफ्ना नानीहरू प्राथमिक पाठशालामा पढाउनुपर्छ – अनित थापा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, November 30, 2018

प्राथमिक शिक्षामा सुधार ल्याउन नेता अनि शिक्षकहरूले पहिला आफ्ना नानीहरू प्राथमिक पाठशालामा पढाउनुपर्छ – अनित थापा

गफसफ.com, कालेबुङ 30 नोभेम्बर।
‘विग्रेको शिक्षा व्यवस्थालाई सुधार गर्न तपाईँहरूलाई धेरै गाह्रो छ। यो विग्रेको शिक्षा व्यवस्थालाई सुधार गर्ने जिम्मेवारी हामीले लिनुपर्छ। जबसम्म हामीले जिम्मेवारी लिँदैनौँ तबसम्म कुनै सुधार आउन सक्दैन’ उक्त कुरा जीटीए बोर्ड उपाध्यक्ष अनित थापाले भनेका हुन्। उनी आज हिल तराई प्राथमिक शिक्षक एसोसिएसनको पहिलो स्थापना दिवस कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए।

उनले प्राथमिक शिक्षा व्यवस्था ठिक नहुनुमा सरकारको पनि जिम्मेवारी रहेको बताएका छन्। यसका साथै आफ्नो जिम्मेवारीलाई पनि बोध गरेर सुधारको निम्ति अघि बड्नुपर्ने बताएका छन्। यसैक्रममा उनले कालेबुङ जिल्ला गठनपछि जिल्ला शिक्षा बोर्ड गठनको प्रस्ताव आगामी 3 दिसम्बरका दिन हुने जीटीए बोर्डको वैठकमा पारित गर्ने घोषणा गरेका छन्।
उनले सम्पूर्ण व्यवस्था बिग्रेको कारण त्यस बिग्रेको व्यवस्थालाई सुधार गर्न निक्कै कठिन रहेको बताएका छन्। यद्यपी हालमा बिग्रेको व्यवस्थामा धेरै सुधार आएको पनि थापाले दाबी गरेका छन्। यसक्रममा उनले बिग्रेको व्यवस्था सुधार गर्नका निम्ति सबै अघि आउनुपर्ने पनि बताएका छ।
उनले कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्राथमिक पाठशालामा नानीहरूको घट्दो सङ्ख्या चिन्ताको विषय रहेको यसको समाधान गर्नका निम्ति सबैको सहयोग अनिवार्य रहेको बताएका छन्। ‘तपाईँहरूले आफ्ना नानीहरूलाई प्राथमिक पाठशालामा पढाउनुहुँडैछ? कुनै नेताहरूको नानी प्राथमिक पाठशालाहरूमा पढीरहेको छ?’ अनित थापाले अझ भने –‘हाम्रो नेताहरूको नानी अनि शिक्षकहरूको नानी चाहीँ मिशनेरी स्कुलहरूमा पढाउँछन्। त्यसो हो भने प्राथमिक पाठशालाहरूमा चाहीँ गरीबका नानीहरू मात्र पढाउनु भनेर लेखिएको छ?’
कार्यक्रममा उपस्थित प्राथमिक शिक्षहरूलाई नै प्रश्न गर्ना भावनामा नबगेर सबैले शिक्षा व्यवस्थामा सुधार गर्न यथार्थमा काम गर्नुपर्ने पनि बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad