जीटीएले नयाँ सत्र सुरु हुन अघि नै प्राथमिक पाठशालाहरूमा 652 शिक्षक नियुक्ति गर्ने – छिरिङ दहाल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, November 30, 2018

जीटीएले नयाँ सत्र सुरु हुन अघि नै प्राथमिक पाठशालाहरूमा 652 शिक्षक नियुक्ति गर्ने – छिरिङ दहाल

गफसफ.com, कालेबुङ 30 नोभेम्बर।
दार्जीलिङ पहाडका प्राथमिक पाठशालाहरूमा 652 जनाको नियुक्ति गरिने जीटीए, प्राथमिक शिक्षा विभागीय अध्यक्ष छिरिङ दहालले जानकारी दिएकी छन्। हिल तराई प्राथमिक शिक्षक एसोसिएसनको पहिलो स्थापना दिवस कार्यक्रममा सहभागी हुन आइपुगेकी दहालले पत्रकारहरूसँग बोल्दै प्राथमिक पाठशालाहरूमा नियुक्ति गरिने जानकारी दिएकी हुन्।

उनले प्राथमिक पाठशालाहरूमा 652 जनाको रिक्त पद सन् 2015 मा नै अनुमोदित पद रहेको भन्दै यसभन्दा अघि जीटीए र राज्य सरकारको खिँचातानीले नियुक्ति हुन नसकेको पनि बताएकी छन्। ‘जीटीए एउटा स्वायत्त व्यवस्था हो यो जीटीए सम्झौताको धारा 26 ले नै पुष्टि गर्छ। यद्यपी यसभन्दा अघि राज्य अनि जीटीएको राम्रो तालमेल नहुँदा कुनै कार्य हुन सकेन’ छिरिङ दहालले भनिन्। उनले उक्त अनुमोदित रिक्त पद 2015 सम्मको रहेको जानकारी गराउँदै अहिले आएर 2018 सम्म शिक्षकहरूको मृत्यु अनि अवकाश ग्रहण भएपछि रिक्तपदहरूको सङ्ख्या आठसय भन्दा अधिक भइसकेको पनि बताएकी छन्।
‘अहिले हामी अन्तिम रूपमा आइपुगेका छौँ अनि आगामी 3 दिसम्बरका दिन जीटीए बोर्डको वैठकमा यो चर्चा गर्नेछौँ। त्यसपछी जीटीएको पक्षबाट अधिसूचना जारी गरिएपछि हामी नियुक्ति प्रक्रिया अघि बडाउनेछौँ’ छिरिङ दहालले पत्रकारहरूलाई सम्बोधन गर्दै भनिन्।
उनले प्राथमिक पाठशालामा नियुक्ति गर्नका निम्ति धेरै नियम रहेको भन्दै नयाँ सत्र सुरु हुन अघिनै नियुक्तिको प्रयास गर्ने पनि उनले बताएकी छन्। यसक्रममा उनले नियुक्ति गर्नका निम्ति एन.सी.टीको नियम रहेको भन्दै सम्पूर्ण नियुक्ति प्रक्रिया नियम अनुसार गरिने पनि जानकारी दिएकी छन्।
‘हामी मनपरी नियुक्ति गर्न चाहँदैनौँ। नियुक्ति गर्नलाई टेट परिक्षा बस्नुपर्ने एनसीटीको नियम छ। यी सबै नियमहरूलाई मानेर हामी सक्षम शिक्षक नियुक्ति गर्ने कोशिस गरिरहेका छौँ। किन भने सक्षम शिक्षक नियुक्ति भए मात्र हाम्रो प्राथमिक शिक्षामा सुधार आउनेछ’ दहालले भनिन्।

No comments:

Post a Comment

Post Bottom Ad