गफसफ.com, कालेबुङ
23 नोभेम्बर।
छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा अस्सिको दशकमा
सहिद बनेकाहरूको स्मरणमा निर्माण गरिएको 11 माइल स्थित रहेको सहिद बेदीलाई कालेबुङ
नगरपालिका पुन:उद्धारको कार्य आरम्भ गरेको छ।
सहिद वेदीलाई कालेबुङ नगरपालिकाले सुन्दरीकरण गर्नका निम्ति
पहिलो चरणको कार्य आरम्भ समेत गरेको छ। पहिलो चरणमा उक्त कार्यको निम्ति 19 लाख
रूपियाँ अनुमोदन गरिएको छ भने आज उक्त कार्यको आरम्भ नगरपालिका अध्यक्ष रवी
प्रधानको बाहुलीबाट पूजा अर्चना गरेपछि नरीवल फुटाएर गरिएको छ। उनले वितेको 27
जुलाईको दिनमात्र सहिदहरूलाई सम्झना गर्नु ठिक नरहेको कारण उनीहरूको त्यार र
बलिदानलाई कदर गर्दै उक्त सहिद वेदीलाई नगरपालिकाले संरक्षण गर्ने कार्य आरम्भ
गरेको नगरपालिका अध्यक्ष रवी प्रधानले बताएका छन्।
No comments:
Post a Comment