विमल गुरुङ गुटका सपना छेत्री पक्राउ; न्यायालयले पठायो 7 दिनको पुलिस रिमाण्डमा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, November 1, 2018

विमल गुरुङ गुटका सपना छेत्री पक्राउ; न्यायालयले पठायो 7 दिनको पुलिस रिमाण्डमा

गफसफ.com, कालेबुङ 1 नोभेम्बर।
विमल गुरुङ गुटका समर्थक मानिने सपना छेत्रीलाई पुलिसले पक्राउ गरेको छ। सुरज बागदासदको पक्राउ पछि थानामा सोधपुछ गर्नका निम्ति ल्याइएकी सपना छेत्रीलाई पक्राउ पछि आज न्यायालयमा पेश गरिएको थियो भने उनलाई न्यायालयले 7 दिनको पुलिस रिमाण्डमा पठाएको छ।
उनी विरूद्ध गतवर्ष चलेको 105 दिनको बन्द अवधी तृणमूल कङ्ग्रेस पार्टी कार्यालय जलाउने कार्य गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ। उनी विरुद्धा पुलिसले भारतीय दण्ड संहिताको धारा 147, 148, 149, 342, 353, 436, 324, 326, 307, 427 अनि आर.डब्ल्यु 15 (ए), 15 (बी) लगायत संशोधित पश्चिम बङ्गाल मेन्टेनेन्स अफ् पब्लिक अडर कानुन अनुसार मुद्दा दर्ता गरेको छ।

No comments:

Post a Comment

Post Bottom Ad