जन आन्दोलन पार्टीको युवा एकाईले निकाल्ने स्वाभिमान यात्रा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, October 31, 2018

जन आन्दोलन पार्टीको युवा एकाईले निकाल्ने स्वाभिमान यात्रा

गफसफ.com, कालेबुङ 31 अक्टोबर।
जन आन्दोलन पार्टीको युवा एकाईले स्वाभिमान यात्रा निकाल्ने भएको छ। आगामी 4 नोभेम्बरका दिन जापको केन्द्रिय युवा एकाईले ‘स्वाभीमान यात्रा’-को नाउँले बाइक र्‍याली निकाल्ने भएको भूपेन राईले बताएका छन्।
File Photo
विगत वर्षको 105 दिने बन्दपछि पहाडका मानिसहरूले आफ्नो आत्मसम्मान गुमाउन परेर आत्मा ग्लानिले बाँच्न परिरहेको जस्तो भएको कारण जाप युवा एकाईले स्वाभिमान यात्रा निकाल्ने भएको भूपेन राईले बताएका छन्।
‘हामीले आत्मसम्मान गुमाउन परेको जस्तो भएको छ भने आत्माग्लानिले बाँच्न परिरहेको महशुस गर्न परिरहेको छ। यसैकारण हामीले हाम्रो आत्मासम्मान गुमाएका छैनौँ अनि जुन आन्दोलनमा संघर्षरत थियौँ त्यसमा अझै संघर्षरत छौँ भन्ने सन्देश दिँदै जाप केन्द्रिय युवा एकाईले स्वाभिमान यात्रा निकाल्न लागेको हो’ भूपेन राईले भने।
उनले आफुहरूको सन्देश प्रत्येक ठाउँमा पुर्‍याने भन्द कालेबुङबाट सुरु हुने स्वाभीमान यात्रा विभिन्न ठाउँहरू हुँदै दार्जीलिङ पुगेर पुन: कालेबुङ फर्केर आइपुग्ने पनि भूपेन राईले बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad