विमल गुरुङ गुट बङ्गालसँग वार्ता बस्न तयार; पठायो मुख्यमन्त्री ममता ब्यानर्जीलाई वार्ताको प्रस्ताव - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, October 25, 2018

विमल गुरुङ गुट बङ्गालसँग वार्ता बस्न तयार; पठायो मुख्यमन्त्री ममता ब्यानर्जीलाई वार्ताको प्रस्ताव

गफसफ.com, कालेबुङ 25 अक्टोबर।
गोर्खा जनमुक्ति मोर्चाका भूमिगत नेता विमल गुरुङ गुटले मुख्यमन्त्री ममता ब्यानर्जीसँग वार्ता बस्ने ईच्छा जाहेर गरेर प्रस्ताव पठाएको छ। विमल गुरुङ गुटका नेता अप्रा. रमेश आलेले मुख्यमन्त्री ममता ब्यानर्जीसँग़ वार्तामा बस्ने भन्दै प्रस्ताव पठाएका हुन्। सम्भवत वार्ताको उक्त प्रस्ताव भूमिगत नेता विमल गुरुङकै निर्देशमा रमेश आले मार्फत् पठाउने कार्य भएको हो। यद्यपी यसबारे भने कर्णल आलेले खुलस्त पारेनन्।


राज्यसँग होइन केवल केन्द्रसँग मात्र वैठकमा बस्ने अघिबाटै भूमिगत नेता विमल गुरुङले घोषणा गरेपनि आखिरमा उनै टोलिले मुख्यमन्त्री ममता ब्यानर्जीसँग वैठक गर्ने प्रस्ताव पठाएका छन्। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसँग गोजमुमो विमल गुरुङ गुटले वैठक बस्ने चाहना राखेर ई-मेल मार्फत पत्रचार गरिसकेको अप्रा. कर्णल रमेश आलेले खुलस्त पारेका छन्। यद्यपी उनले उक्त पत्र विमल गुरुङको निर्देशको पठाएको हो-होइन भने केही खुलस्त पारेनन्। 
गतवर्ष चलेको गोर्खाल्याण्ड आन्दोलनको समय पक्रा परेर जेल हिरासतमा मृत्यु भएको बरुण भुजेलको आज पहिलो पूण्यतीथिमा श्रद्धाञ्जली अर्पण गर्ने पुगेका रमेश आलेले पत्रकारहरूसँग कुराकानी गर्दै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसँग आफुहरू वैठक बस्न तयार रहेको प्रस्ताव पठाएको खुलस्त पारेका हुन्।
मैले माननीय मुख्यमन्त्री ममता ब्यानर्जीलाई हामी तपाईँसग वार्ता बस्न तयार छौँ भनेर मेसेज दिएको छुगोजमुमो विमल गुटमा रमेश आलेले अझ भने –‘आर्टिकल तीन अनुसार परमनेन्ट पोलिटिकल सल्युसनको र स्टेटको निम्ति तपाईँसग टेबल टक गर्न तयार छौँ भनेको छु।
उनले पत्रकारहरूसँग बोल्दै हालमा पुलिसलाई आफुहरूले कुनै पनि कानुनी अड्चनको कार्यहरू आफुहरूले नगर्ने सूचित गरेको बताएका छन्। हामी देशको कानुनले आफ्नो मागलाई कसरी अघि बडाउनका निम्ति अधिकार दिन्छन् त्यहीँ अनुसारनै अघि बडाउनेछौँरमेश आलेले भने। यसक्रममा उनले केन्द्र सरकार अनि राज्य सरकारले दीर्घकालिन राजनैतिक समाधान ननिकाले सम्म यहाँ भुङ्ग्रो निभ्नेछैन भन्ने कुरा बुझिसकेको दाबी गर्दै सम्भव भए साझा रणनीतिको साथमा अघि बड्ने बिचार रहेको बताएका छन्।
यसैक्रममा उनलाई राज्य सरकारसँग वैठक बस्नु भए के मुद्दा उठाउनुहुन्छ? भनि सोधेको प्रश्नको जवाबमा उनले भने - ममता ब्यानर्जी चौथो स्तम्भका नेत्री हुन्। उनी हाम्रा पनि नेत्री हुन्। उनीसँग बसेर हामी दीर्घकालिन राजनैतिक समाधान निकाल्ने कुरा गर्नेछौँ।यसैक्रममा उनले छुट्टै राज्य गठन गर्नका निम्ति राज्यको सहमती अथवा विरोधले कुनै फरक नपर्ने भएपनि राज्यको मनाशय बुझ्नका निम्ति पनि आफुहरू वार्तामा बस्न तयार रहेको सन्देश मुख्यमन्त्रीलाई दिएको रमेश आलेले बताएका छन्। उनले मुख्यमन्त्रीसँग आफुहरू वार्तामा बस्न तयार रहेको सन्देश ईमेल मार्फत् पठाउनका साथै मुख्यमन्त्रीको पीआरओलाई पनि सन्देश दिएको जानकारी गराउँदै यदि उनले वैठकमा बोलाए आफुहरू जाने बताएका छन्।
रमेश आलेको बयान हेर्न यहाँ थिच्नुहोस्

No comments:

Post a Comment

Post Bottom Ad