बरूण भुजेलको पुण्यतीथिमा विमल गुरुङले लिए गोर्खाल्याण्ड प्राप्तिको शपथ; भने – ‘गद्दारहरूलाई जवाब दिनुपर्छ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, October 25, 2018

बरूण भुजेलको पुण्यतीथिमा विमल गुरुङले लिए गोर्खाल्याण्ड प्राप्तिको शपथ; भने – ‘गद्दारहरूलाई जवाब दिनुपर्छ’

गफसफ.com, कालेबुङ 25 अक्टोबर।
गतवर्ष चलेको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा पक्रा परेर न्यायिक हिरासतमा मृत्यु बनेका बरूण भुजेललाई भूमिगत नेता विमल गुरुङले श्रद्धाञ्जली दिएका छन्। उनले आज अपरिचित ठाउँको एउटा कोठामा बरुण भुजेलको तस्बीर अघि दिप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गर्दै उनको मृत्यु दिवसलाई ‘शपथ दिवस’ को रूपमा पालन गरेका छन्।

छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा चलेको 105 दिनको बन्द अवधी भूमिगत बनेका विमल गुरुङले बरुण भुजेलको मृत्यु भएको आजको दिनलाई अघिबाटै शपथ दिवसको रूपमा पालन गर्नुपर्ने सबैलाई आह्वान गरेका थिए। सोहि अनुरूप आज उनले शपथ दिवस पालन गरेको भिडियो रोशन गिरीले सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरेका छन्।
एउट अपरिचित कोठामा पालन गरिएको शपथ दिवस कार्यक्रममा विमल गुरुङसँगै भूमिगत बनेका रोशन गिरी, निमा तामाङ, दावा लेप्चा, अनिल लोप्चन, बालकृष्ण थापा आदि रहेका  छन्। यस अवसरमा विमल गुरुङले बरुण भुजेलसँगै आन्दोलनकालना सहिद बनेका अन्यलाई पनि श्रद्धाञ्जली अर्पण गरेका छन्।
‘हामी सबै गोर्खाल्याण्ड प्रेमी दाजु-भाइहरू जो आज घरदेखि बाहिर बसेर पनि जाति अस्मिताको लडाईँ लडीरहेका छौँ। हाम्रा भाइ बरूण भुजेल अनि अन्य दशजना भाइहरू जो माटोको निम्ति आफ्नो प्राणको आहुती दिएका छन् ती सबैको नाउँमा अनि बरूण भुजेल जसको जेल कस्टडीमी मृत्यु भयो उनको नाउँमा यहाँ श्रद्धाञ्जली कार्यक्रम गर्दै हामी शपथ दिवस पालन गरिरहेका छौँ’ विमल गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै अझ भनेका छन् –‘आज हामी जहाँ भए पनि भाइ बरूण भुजेलको निम्ति दुईवटा धुप अनि मौमबत्ति बालेर श्रद्धाञ्जली अर्पण गर्दै शपथ ग्रहण गरिरहेका छौँ।’
सामान्य रूपले पालन गरिएको कार्यक्रममा भूमिगत नेता विमल गुरुङले बरुण भुजेलले दिएको छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको योगदानलाई नभुल्ने प्रतिबद्धता गर्दै उनकै नाउँमा शपथ ग्रहण गरिरहेको उनले बताएका छन्। ‘हामी उहाँको योगदानलाई शीरमा राखेर शपथ ग्रहण गरिरहेका छौँ। जबसम्म भाइको इच्छा आकाङ्क्षा पुरा हुँदैन तबसम्म हामी लागीपर्नेछौँ’ विमल गुरुङले बरूण भुजेलको नाउँमा श्रद्धाञ्जली अर्पण गर्दै शपथ ग्रहण गरेका छन्।
‘सबै-सबै गोर्खा जातिलाई आउँदो दिनमा एक भएर कार्य गर्ने आह्वन गर्छौँ। जसले आज धोका दिएर अनि जातिलाई गद्धार गर्नुको साथै जातिको अस्मिता बेचेर कार्य गरिरहेका छन् उनीहरूलाई मुहतोड जवाद दिनुपर्छ भन्दै बरूण भुजेललाई श्रद्धाञ्जली अर्पण गर्दै शपथ ग्रहण गर्छौँ’ विमल गुरुङले भनेका छन्। यसक्रममा उनले गोर्खाल्याण्ड आन्दोलनको क्रममा सहिद बनेका अन्यहरूलाई पनि सम्झना गर्दै सम्पूर्ण सहिद परिवारको पक्षमा आफुहरू रहेको पनि बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad