यौन उत्पिडनको विरुद्धमा लड्ने डेनिस मुक्वेगे अनि नादिया मुरादलाई नोबेल शान्ति पुरस्कार - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, October 5, 2018

यौन उत्पिडनको विरुद्धमा लड्ने डेनिस मुक्वेगे अनि नादिया मुरादलाई नोबेल शान्ति पुरस्कार

गफसफ.com, स्टकहोम 5 अक्टोबर।
नोबेल शान्ति पुरस्कारक बिजेताको नाउँ घोषणा गरिएको छ। नार्वेको कमेटीले यस वर्ष दुईजनालाई नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको छ। डेनिस मुक्वेगे अनि उनका साथी नादिया मुरादलाई नोबेल शान्ति पुरस्कार दिने आज घोषणा गरिएको हो।

बेल समितिका अध्यक्ष बेरिट रेइस एन्डरसनले उक्त घोषणा गर्दै भने यिनीहरु दुवैलाई यौन उत्पिडनलाई युद्धको हथियारको रूपमा प्रयोग गर्नमा रोक लगाउनका निम्ति गरिएको कार्यहरूको निम्ति चयनित गरिएको हो। दुवै वैश्विक अभिशापका विरुद्ध संघर्ष गर्ने उदाहरण हुन्।नोबेल शान्ति पुरस्कार प्रदान गर्ने समिति अनुसार यसपल्ट 216 व्यक्ति अनि 115 वटा सङ्गठनहरूको नाउँ पुरस्कारका निम्ति नामङ्कित गरिएको थियो। त्यसमध्येबाट आखिरमा समितिले डेनिस मुक्वेगे अनि उनका साथी नादिया मुरादलाई नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको हो।

नोबेल शान्ति पुरस्कार दिने संस्थाले ट्वीट गरेर गरेर भन्यो कि, -‘2018 नोबेल शान्ति पुरस्कार बिजेता डेनिस मुक्वेगेले  युद्धको समय यौन हिँसाका पीडितहरूको रक्षा गर्नका निम्ति आफ्ना जीवन समर्पित गरेका छन्। उनका साथी साथी नादिया मुरादलाई पनि यस पुरस्कारले सम्मानित गरिएको छ, जसले आफ्नो अनि अरूको विरुद्ध दुर्व्यवहारको बारेमा बताएका छन्।

को हुन् त डेनिस मुक्वेगे

डेनिसको जन्म 1 मार्च 1955 मा पेन्टाकोस्टर मन्त्रीको घरमा भएको थियो। पेशाले गाइनाकोलोजिस्ट 9 जना भाइ बहिनीहरूमा उनी तेस्रो सन्तान हुन्। उनले बुकावुको पनजी अस्पतालमा धेरै काम गरेका थिए। उक्त अस्पतालमा उनले सुरक्षा बलद्वारा बलत्कार तथा सामुहिक दुष्कर्म गरिएको महिलाहरूको उपचार गर्ने गर्दथे। दोस्रो काङ्गो युद्धपछि उनले यस्ता हजारौँ पीडितहरूको उपचार गरेका थिए। उनले 18 घण्टाको समय अवधीमा लगभग 10 जना पीडितहरूको सर्जरी गर्ने गर्दथे। द गोल एन्ड मालको अनुसार मुक्वेगे बलात्कृत बनेकाहरूको चोटलाई निको पार्ने दुनिभरीमा अग्रणी विशेषज्ञ हुन्।

को हुन् त नादिया मुराद

नादिया मुरादको जन्म इराकको कोजोमा सन् 1993 मा भएको थियो। उनी एराकको यजीदी मानवाधिकार कार्यकर्ता हुन्। उनलाई आईएसआईएसले अपहरण गरेर तीन वर्षसम्म बन्धक बनाएर राखेको थियो। मुराद नादिया अभियानको संस्थापक पनि हुन्। उक्त संस्था महिलावर्ग अनि बाल-बालिकालाई सहयोग गर्दछन् जो नरसंहार, सामुहिक अत्याचार अनि मानव तस्करीको पीडित हुने गर्दछन्। उक्त संस्थाले उनीहरूलाई पुन: जीवन जिउनका निम्ति प्रोत्साहन प्रदान सँगै पुराना नराम्रा घट्नाहरूबाट बाहिर निकालेर नयाँ जीवन जीवन सिकाउँछन्।

No comments:

Post a Comment

Post Bottom Ad