दिल्लीमा बोल्न पाएनन् विनय तामाङ; भने –‘गणतन्त्र बङ्गालमा होइन तर दिल्लीमा छैन’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, October 7, 2018

दिल्लीमा बोल्न पाएनन् विनय तामाङ; भने –‘गणतन्त्र बङ्गालमा होइन तर दिल्लीमा छैन’

गफसफ .com, कालेबुङ 7 अक्टोबर।
भारतको राजधानी दिल्लीमा आयोजित गोर्खा जनमुक्ति मोर्चाको 11 औँ स्थापना दिवस समारोहमा वर्तमान पार्टीका अध्यक्ष विनय तामाङ बोल्न पाएनन्। उनलाई उक्त कार्यक्रममा केन्द्र सरकारले अध्यादेश नै जारी गरेर बोल्न नदिएको आरोप रहेको छ। गोजमुमो दिल्ली शाखाद्वारा आयोजित पार्टीको स्थापना दिवस समारोहमा भाषण दिन नपाएपछि विनय तामाङले दिल्लीमा गणतन्त्रको हनन् भएको बताएका छन्।


‘आज दिल्लीमा मलाई केन्द्र सरकारको बिरूद्ध नबोल्ने अध्यादेश जारी गरेको छ। जसको प्रमुख भुमिका सांसद एस एस आहलुवालियाको रहेको जानकारी पाइएको छ’ विनय तामाङले अझ भनेका छन् – ‘गणतन्त्रको हनन दार्जीलिङमा र बङालमा होइन तर भारतको राजधानी  दिल्लीमा भएको छ भन्ने आज प्रमाण भयो।’

यता तामाङलाई दिल्लीमा भाषण गर्न नदिएपछि पार्टी कार्यकर्ताहरूले कालेबुङ शहरमा पोस्टरिङ गरेको छ। केन्द्रसरकारको आलोचना गर्दै टाँसिएको पोस्टरमा प्रधानमन्त्री नरेन्द्र मोदी समेतको आलोचना गरिएको छ। केन्द्र सरकारले पार्टीको स्थापना दिवस कार्यक्रममा तामाङलाई भाषण गर्न नदिएको भन्दै गोर्खाहरूलाई संवैधानिक अधिकार खोइ? भनि प्रधानमन्त्रीलाई पोस्टरमा प्रश्न गरिएको छ।
गोजमुमो पार्टीको 11 औँ स्थापना दिवस समारोहमा मुख्य रूपले सहभागी बन्न पुगेका तामाङलाई केन्द्र सरकारले कार्यक्रममा भाषण गर्न नदिनु दिल्लीमा प्रजातन्त्रको हनन् हो भनि मोर्चाले दाबी गरेको छ। कार्यक्रममा तामाङलाई केन्द्र सरकारले एक सर्कुल निकालेर बोल्न नदिएको भन्दै उनीहरूले शहरमा पोस्टरिङ गरेर केन्द्र सरकारको घर भर्त्सना समेत जनाएको छ।
‘दिल्लीमा विनय तामाङ पुगेपछि केन्द्र सरकार डराएको छ। उनलाई कार्यक्रममा बोल्न नदिनलाई केन्द्र सरकारले जुन रोक लगाएको छ त्यसको हामी घोर विरोध गर्छौँ’ विनय घिसिङले अझ भने –‘यदि कुनै पनि पहाडमा अशान्ति भए त्यसको केन्द्र सरकार जिम्मेवार हुनेछ।’ यसक्रममा उनले पत्रकारहरूलाई सम्बोधन गर्दै केन्द्र सरकारले गोर्खाहरूमाथि पुन: राजनैतिक षडयन्त्र रच्ने कार्य गरिरहेको आरोप लगाएका छन्।
यसैक्रममा गोर्खा जनमुक्ति युवा मोर्चा, कालेबुङ जिल्ला समितिका सचिव अमिर बस्नेतले पनि दिल्लीमा पार्टीको स्थापना दिवस कार्यक्रममा केन्द्र सरकारले बोल्न नदिएर वाक स्वतन्त्रताको हनन्सँगै प्रजातन्त्रको हनन् गरेको आरोप लगाएका छन्।
दिल्लीमा पार्टीको 11 औँ स्थापना दिवस कार्यक्रममा केन्द्र सरकारले वर्तमान गोजमुमो अध्यक्ष विनय तामाङलाई बोल्न नदिनु अत्यन्त्यै दुर्भाग्यजन हो अनि यो सरासर गणतन्त्रको हत्या हो। हामी यस्तो कार्यको घोर विरोध गर्छौँ अमिर बस्नेतले अझ भने –‘वास्तवमा केन्द्र सरकार एकजना मान्छेसँग डराउँछ। विनय तामाङले दिल्लीमा आएर केन्द्र सरकारको पोल खोल्छ भनेर बोल्न नदिएको हो। हामी केन्द्रको यस्तो कार्यलाई जोडदार विरोध गर्छौँ।

No comments:

Post a Comment

Post Bottom Ad