भूमिगत नेता विमल गुरुङले जारी गरे प्रेस विज्ञप्ति; भने- ‘विनय तामाङ कोलकोताको कठपुतली हुन्’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, October 2, 2018

भूमिगत नेता विमल गुरुङले जारी गरे प्रेस विज्ञप्ति; भने- ‘विनय तामाङ कोलकोताको कठपुतली हुन्’

गफसफ.com, कालेबुङ 2 अक्टोबर ।
छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको समयमा भूमिगत बनेका नेता विमल गुरुङले गान्धी जयन्तीको शुभकामना व्यक्त गर्दै जीटीए बोर्ड अध्यक्ष विनय तामाङप्रति कडा टिप्पणी गरेका छन्। उनले एक प्रेस विज्ञप्ति जारी गरेर तामाङप्रति कटाक्ष गरेका हुन्।


‘केन्द्रले गोर्खा जातिलाई अनुसूचित जनजातिको मान्यता दिनुलाग्दा दिल्लीले जिस्कायो, दिल्लीमा नै गएर जवाब दिन्छु भन्ने विनय तामाङको वक्तव्य घोर जाति विरोधी वक्तव्य हो’ विमल गुरुङले अझ भनेका छ –‘केन्द्रले गोर्खा जातिलाई केहि दिन चाहेको बेला केन्द्रलाई नै गाली गरेर जनतामा भ्रम उत्पन्न गरेर भाँजो हाल्ने विनय तामाङको राजनीति कोलकोताको स्वार्थमा नाच्दैछ।’
गान्धी जयन्तीको शुभकामना दिने बहनामा जारी विज्ञप्तिमा गुरुङले विनय तामाङलाई कोलकोताको कठपुतली समेत भनेका छन्। ‘पहाडमा विनय तामाङको राजनीति र गोर्खाप्रतिको माया एउटा भयानक प्रपञ्च बाहेक केहि होइन। ... विनय तामाङ झूटको सहारामा उभिएको केवल कोलकोताको कठपुतली हुन्’ विमल गुरुङले भनेका छन्। यसक्रममा उनले गोर्खाहरूको भावना बङ्गाल सरकारको कारण आहत रहेको आरोप लगाएका छन्।
उनले दिल्ली गोजमुमोद्वारा आयोजना गरिको साङ्गीतिक कार्यक्रमबारे पनि कटाक्ष गरेका छन्। यसैक्रममा उनले आगमी 7 अक्टोबरका दिन गोजमुमो पार्टीको स्थापना दिवस पालन गरिने अघिबाटै विनय तामाङको घोषणाप्रति पनि टिप्पणी गरेका छन्। ‘गोर्खा जनमुक्ति पार्टीबाट निस्कासित गरेको मान्छेले कुन नैतिक आधारमा 7 अक्टोबरको दिन पार्टीको स्थापना दिवस पालन गर्छ?’ विमल गुरुङले विनय तामाङप्रति प्रश्न तेर्साएका छन्।
उनले जारी विज्ञप्तिमा जनजातिको मुद्दामा भाजपा अनि आफुले झुट बोलिरहेको दाबी गरेर आफै जोकर भएको पनि दाबी गरेका छ। ‘कमिटिले रिपोर्ट पर्खिरहेको छ’ भनेर लेख्नुअ मामला प्रक्रिया अन्तर्गत छ भनेको हो भन्दै विनय तामाङले अर्काले रोपेको फसल उठाउन खोजेको आरोप पनि लगाएका छन्। यसैक्रममा उनले बनबासीहरूको मुद्दाबारे लिला कुमार गुरुङले मिडिया मार्फत सोधेका प्रश्नहरूको जवाब दिन नसकेको पनि आरोप लगाएका छन्।  

No comments:

Post a Comment

Post Bottom Ad