युवा मोर्चाले पालन गर्‍यो गान्धी जयन्ती; पार्कसँगै डम्बर चौक परिसरमा चलायो सफाई अभियान - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, October 2, 2018

युवा मोर्चाले पालन गर्‍यो गान्धी जयन्ती; पार्कसँगै डम्बर चौक परिसरमा चलायो सफाई अभियान

गफसफ.com, कालेबुङ 2 अक्टोबर ।
गोर्खा जनमुक्ति युवा मोर्चाले गान्धी जयन्ती पालन गरेको छ। यस अवसरमा युवा मोर्चा कार्यकर्ताहरूले जनमुक्ति पार्क अनि डम्बर चौक परिसरमा सफाई अभियान समेत गरेको छ।  कालेबुङ पार्टी कार्यालयमा महात्मा गान्धीको तस्वीर अघि दिप प्रज्वलन अनि खदाअर्पण गरेपछि उनीहरूले पार्क अनि डम्बर चौक परिसरमा सफाई अभियान गरेको हो।


कालेबुङ जिल्ला युवा मोर्चाका अध्यक्ष विदुर राई, केन्द्रिय युवा मोर्चा उपाध्यक्ष बारुद थापा, जिल्ला सचिव अमिर बस्नेत लगायत अन्य कार्यकर्ताहरूले पार्टी कार्यालयमा महात्मा गान्धीको 150 औँ जन्मदिवस पालन गरेपछि पार्टी कार्यलय वरिपरिदेखि नै सफाई अभियान चलाउँदै जन्मुक्ति पार्क अनि डम्बर चौक परिसरमा सर-सफाई गरेका थिए। यस अवसरमा युवा मोर्चाका अन्य कार्यकर्ताहरू पनि सफाई अभियानमा सहभागी बनेका थिए।

‘गोजमुमो पार्टी अध्यक्ष विनय तामाङले सबैलाई मानसिक रूपले स्वच्छ बनेर आफ्नो ठाउँ आफै सफा गरौँ भन्ने सन्देश दिँदै आएका छन्। त्यहीँ सन्देशलाई आज व्यवहारिकतामा रूपान्तरण गर्दै गान्धी जयन्ती पालन गर्दै सफाई अभियान चलाएका हौँ’ अमिर बस्नेतले भने। यसक्रममा उनले आफ्नो परिवेश सफा राख्नका निम्ति सबैले आफ्नो ठाउँ आफै सफाई गर्नुपर्ने अपिल पनि गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad