सामाजिक योगदानको निम्ति अवकाशप्राप्त ब्रिगेडियर एन.के गुरुङलाई सम्वर्द्धना - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, October 28, 2018

सामाजिक योगदानको निम्ति अवकाशप्राप्त ब्रिगेडियर एन.के गुरुङलाई सम्वर्द्धना

गफसफ.com,कालेबुङ 28 अक्टोबर।
भारतीय रेडक्रस सोसाइटी, कालेबुङ शाखाको 43 औँ स्थापना दिवसको अवसरमा अवकाशप्राप्त ब्रिगेडियर एन.के गुरुङलाई सम्वर्द्धना जनाइएको छ। रेडक्रस सोसाइटी कालेबुङ शाखाको उपाध्यक्ष पदमा आसिन बनेर लगभग 23 वर्षसम्म कार्य गर्ने बिग्रेडियर गुरुङलाई आज स्थापना दिवसको अवसरमा सम्मानित गरिएको हो।


यहाँको टाउन हलमा सम्पन्न भएको उक्त कार्यक्रममा जीटीए बोर्ड अध्यक्ष विनय तामाङ मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए भने अप्रा. ब्रिगेडियर एन.के गुरुङ विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए। यसका साथै कार्यक्रममा कालेबुङ उप-जिल्लापाल हरिशंकर पाणीकर, महकुमा अधिकारी, अभिजित सेवाले, जिल्ला पुलिस अधिक्षक धुर्व ज्योति दे, रेडक्रस सोसाइटी कालेबुङ शाखा सचिव ओ.बी दास आदि उपस्थित रहेका थिए।
भारतीय रेड क्रस सोसाइटी कालेबुङ शाखामा आवद्ध बनेर 23 वर्षसम्म सामाजिक कार्यहरू गर्ने ब्रिगेडियर गुरुङलाई उनले सामाजिक विकासका निम्ति पोर्‍याएको योगदानका निम्ति सम्मानित गरिएको हो। यस अवसरमा मुख्य अतिथि विनय तामाङको बाहुलीबाट दोसल्ल ओढाएर स्मृति चिन्ह प्रदान गरी उनलाई सम्वद्धना जनाइएको थियो भने अन्य विशिष्ट अतिथिवर्गको बाहुलीबाट पनि खदा लगाएर सम्मान जनाइएको थियो।

यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित व्यतिक्त अवकाशप्राप्त ब्रिगेडियर एन.के गुरुङले आफुलाई दिएको सम्मान जीवनकालभरी स्मरणीय रहने बताएका छन्। ‘रेडक्रस सोसाइटीको माध्यमबाट धेरै कार्य गर्न सकिन, तर जति पनि कार्यहरू गर्न सके त्यो इमान्दार बनेर गरेको छु। आज तपाईँहरूले मैले गरेका कार्यहरू प्रति दिनुभएको सम्मान मेरा निम्ति अझ स्मरणीय बनेर रहनेछन्’ गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै भने।
रेडक्रस सोसाइटी मानव सेवा गर्ने एउटा महत्वपूर्ण ठाउ रहेको भन्दै कालेबुङमा रेडक्रस सोसाइटीले आजसम्म राम्रा कार्यहरू गर्न सक्नुको पछि वर्तनाम सचिव ओबी दासाको पनि उत्तिकै महत्वपूर्ण योगदान रहेको गुरुङले बताए। यसक्रममा उनले आफ्नो उमेर धेरै बितेको कारण सङ्गठनमा धेरै लामो समयसम्म कार्य गर्न नसक्ने भएको कारण अब सोसाइटीबाट अवकाश जीवन बिताउने पनि उनले बताए।
यता कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित रहेका जीटीए बोर्ड अध्यक्ष विनय तामाङले पनि रेडक्रस सोसाइटी मार्फत अप्रा. बिग्रेडियर एन.के गुरुङले समाजिक विकासका निम्ति पुर्‍याएको योगदानको निम्ति बधाई दिए। उनले सामाजिक बिकासका निम्ति यस्ता व्यक्तिहरूको महत्वपूर्ण भूमिका हुने बताउँदै आगमी दिनहरूमा पनि आफुले सामाजिक बिकासका निम्ति यस्ता व्यक्तित्वहरूबाट मार्गदर्शनको अपेक्षा राखेको बताए। यसैक्रममा उनले सामाजिक बिकासका निम्ति ओबी दासले रेडक्रस सोसाइटी मार्फत पुर्‍याएको योगदानका निम्ति भविष्यमा सम्मान जनाउने बताएका छन्।
यता कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रेडक्रस सोसाइटीका सचिव ओबी दासले रेडक्रस सोसाइटी कालेबुङ शाखाको स्थापना पनि अहिलेसम्म गरेका कार्यहरू बारे संक्षिप्त रूपमा बताएका थिए भने रेडक्रस सोसाइटी कालेबुङ शाखाका अध्यक्ष एवम् कालेबुङ महकुमा अधिकारी एस.ए तुकारामले स्वागत सम्बोधन राखेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad