जब्बरजस्ती चन्दा लिने क्रममा सिलगडीमा सिक्किमका चालकवर्गलाई कुटपिट - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, October 28, 2018

जब्बरजस्ती चन्दा लिने क्रममा सिलगडीमा सिक्किमका चालकवर्गलाई कुटपिट

गफसफ.com,सिलगडी 29 अक्टोबर।
एकातिर सिलगडी मोट्रोपोलिटिन पुलिसले कालीपूजा आयोजनालाई लिएर जबरजस्ती चन्दा सङ्ग्रह विरुद्ध चेतावनी जारी गरेको छ भने अर्कोतर्फ मागेजति चन्दा नदिएको आरोपमा दुईजना वाहनका चालकलाई कुटपिट गरेको घट्ना प्रकाशमा आएको छ। उक्त घट्ना आइतबार बेलुकी भएको हो।


आइतबार बेलुकीपख प्रधान नगर थाना अधिनस्थ चम्पासरी क्षेत्रमा कालीपूजाको चन्दा सङ्ग्रहलाई लिएर स्थानीय एउटा क्लबका कार्यकर्ताहरूसँग दुईजना चालकहरूक विवाद भएको थियो। उक्त विवादमा दुईजना चालकहरूको टाउकोमा प्रहार गरेर घाइते बनाइदिएका छन्। टाउको चोट लागेर घाइते बनेका चालकवर्गलाई सिलगडी जिल्ला अस्पतालमा उपचारको निम्ति भर्ना गरिएको छ। यद्यपी उक्त घट्ना सम्बन्धमा पुलिसले कसैलाई पनि पक्राउ गरेको छैन भने पुलिसले घट्नाबारे जाँच गरिरहेको छ।  
 उक्त घट्नामा सिक्किमका दुईजना चालक गम्भीर घाइते भएका छन्। घाइते चालकहरूको नाम लुका राई अनि सोनाम भनि बताइएको छ भने दुवै चालक गान्तोक निवासी रहेको जानकारी प्राप्त भएको छ।
प्राप्त जानकारी अनुसार दुवै चालक सिक्किम देखि सिलगडी वाहन चलाउने गर्दछन् भने आइतबार चालक सोनामले पर्यटकहरूलाई लिएर बेलुकीपख तीनबजे चम्पासरीको बाघजतिन क्षेत्रमा पुगेका थिए। त्यहीँ सडकमा मानिसहरू चन्दा सङ्ग्रह गर्नका निम्ति सडकमा रहेका थिए भने स्थानीय क्लबका सदस्यहरूले गाडी रोकेर उनीसँग एउटा रसिद दिँदै कालीपूजाको निम्ति 5 हजार रूपियाँ मागे। चालक सोनामले यतिधेरै पैसा आफुले दिन नसक्ने बताएपछि क्लबका सदस्यवर्गले पनि पैसा कम्ती नलिने अडानमा जिद्दी गरिरहे।
सोहि विषयमा चालकसँग उनीहरूको विवाद भएको थियो भने त्यसैबेला सिक्किमबाट पर्यटकहरूलाई लिएर अर्को वाहन पनि त्यहाँ आइपुगेको थियो भने सिक्किमका वाहन देखेपछि अर्कोवाहनका चालक लुका राई सहयोगका निम्ति त्यहाँ पुगेका थिए। त्यसैबेला क्लबका सदस्यवर्गले वाहन तोडफोड गर्न सुरु गरेपछि चालकवर्गले रोक्ने प्रयास गर्दा उल्टै उनीहरूमाथि आक्रमण गरेको आरोप रहेको छ। क्ल्बका सदस्यवर्गले दुवै चालकहरूलाई रड तथा ढुङ्गाहरूले हिर्काएपछि उनीहरूको टाउकोमा चोट लागेको छ भने घट्नाको जानकारी पाउनसाथ घट्ना स्थलमा पुलिसबल आइपुगेका थिए भने उनीहरूले घाइते चालकवर्गलाई उद्धार गरेर सिलगडी अस्पतालमा उपचारको निम्ति भर्ती गरेको छ।
यता घट्नाबारेमा चालकवर्गले पुलिस थानामा अभियोद दर्ता गरेको छ भने पुलिसले जाँचकार्य गरिरहेको छ। यसबारे सिलगडी मेट्रोपोलिटन पुलिस कमिश्नरेटका डिपुटी पुलिस कमिश्नर तरूण हलदारले जब्बरजस्ती चन्दा सङ्ग्रह पूर्णरूपे निषेध गरिएको जानकारी गराएका छन् भने घट्नाबारे जाँच गरिरहेको अनि आरोपी व्यक्तिहरू विरुद्ध कठोर कानुनी कार्वाही गर्ने आश्वासन दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad