जनजातिको मुद्दा; रोशन गिरीले तथ्यलाई लुकाउने प्रयास गर्दैछन् – विनय तामाङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, September 29, 2018

जनजातिको मुद्दा; रोशन गिरीले तथ्यलाई लुकाउने प्रयास गर्दैछन् – विनय तामाङ

गफसफ.com, दार्जीलिङ 29 सितम्बर।
‘रोशन गिरीद्वारा जारी गरिएको प्रेस विज्ञप्ति 11 वटा जनजातिको मुद्दालाई दुई-दुईपल्ट खारेज गरिसकेको सत्य तथ्यलाई लुकाउने निर्लज्जपूर्ण प्रयासमात्रै हो। उक्त आरटीआईको जवाबमा स्पष्टरूपमा आरजीआईले दुई-दुईपल्ट राज्य सरकारको सिफारिशलाई खारेज गरिसकेको कुरा उल्लेख गरिएको छ भने कमिटीको कुरा झिकेर भाजपाको उक्त कर्तूतलाई रोशन गिरीले लुकाउने प्रयास गरिरहेका छन्’ उक्त कुरा जीटीए बोर्ड अध्यक्ष विनय तामाङले पेस विज्ञप्ति जारी गरेर भनेका हुन्।


केन्द्र सरकारले गोर्खा समुदायका 11 जात गोष्टिलाई जनजातिको मान्यता दिनै लागेको भूमिगत नेता विमल गुरुङले वयान दिएपछि अहिले दुई पक्षमाझ विवाद चुलिन्दै गएको छ। विमल गुरुङको बयान झुटो रहेको विनय तामाङले आरटीआइको रिपोर्ट सार्वजनिक गर्दै दाबी गरेपछि यता विमल गुरुङको बयानको समर्थनमा उनीसँगै भूमिगत बेनका नेता रोशन गिरी अघि आएका छन्। गिरीले उल्टै विनय तामाङको बयान झुटो भनेपछि तामाङले गिरीको बयानको पनि जवाब दिएका छन्।
‘यसरी गोर्खाहरूप्रति भाजपाको बेइमानी अनि निराशापूर्ण नीतिलाई ढाकछोप गर्नुभन्दा बरू महेन्द्र थामीलाई केन्द्रिय जनजाति मन्त्रालयबाट जारी गरेको उक्त लिखित बयानलाई जनतालाई साँचो रूपमा बताउने सुझाउ हामी रोशन गिरीलाई दिन चाहन्छौं’ विनय तामाङले भनेका छन्।
तामाङले जारी गरेको प्रेस विज्ञप्तिमा आरटीआईको जवाब दिएको पत्रमा ‘केवल ती प्रस्तावहरू जो सम्बन्धित राज्य सरकारको पक्षबाट अनुमोदित अनि रेजिस्टर जेनरल अफ इण्डिया (आरजीआई) एवं नेशनल कमिठन फर सेड्यूल ट्राइब्स (एनसीएसटी) द्वारा मञ्जूर छन् त्यसमाथिमात्रै ऐन संशोधनको निम्ति विचार गर्न सकिन्छ’ भन्ने कुरा उल्लेख रहेको पनि रोशन गिरीलाई बताएका छन्।
‘वास्तवमा नाङ्गो सत्य के रहेको छ भने राज्य सरकारको तर्फबाट दुई-दुईपल्ट 11 जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्नको निम्ति अनुमोदनसहित सिफारिश पठाइएको थियो। तर, केन्द्रिय जनजाति मामिलाको भनाइअनुसार नै आरजीआईले दुईपल्ट नै राज्य सरकारको उक्त प्रस्तावलाई खारेज गरिदिएका हुन्’ विनय तामाङले अझ भनेका छन –‘भाजपाको निरीक्षणमा रहँदा-रहँदै यसरी 11 वटा जातगोष्ठीको उक्त मागलाई एउटा प्रमुख सम्बन्धित निकायले  खारेज गर्नु भनेको भाजपा सरकारको गोर्खाप्रति कुनै सहानुभूति नरहेको स्पष्ट प्रमाणित हुन्छ।’
रोशन गिरीलाई जवाब दिने क्रममा विनय तामाङले भारतीय जनता पार्टी प्रति पनि टिप्पणी गर्न पछि परेका छैनन्। ‘वास्तवमा भाजपा सरकारले जनजातिको मुद्दालाई पूरा गर्न निरीक्षण कमिटी गठन गरेर गोर्खाहरूको सहानुभूति आफ्नो पक्षमा पार्ने षड़यन्त्रमात्रै हो। यदि भाजपा सरकारलाई 11 वटा जातगोष्ठीको उक्त महत्वूर्ण मुद्दामाथि साच्चै सहानुभूति थियो भने अथवा उनीहरू साच्चै नै इमान्दार थिए भने राज्य सरकारद्वारा पठाइएको सिफारिशलाई दुज्ई-दुईपल्ट किन खारेज गरियो?’ तामाङले प्रश्न गरेका छन्।  
गोर्खा समुदायका 11 जात गोष्टिलाई जनजातिको मान्यता दिने सन्दर्भमा केन्द्र सरकारले सर्वप्रथम 2.4.2016 मा गठन गरेको कमिटीले दिएको समय-सीमाभित्र आफ्नो काम पूरा गर्न नसक्दा एकपल्ट फेरि भिय़ु मियानीको नेतृत्त्वमा 14.9.2016 मा अर्को कमिटी गठन गरियोको पनि तामाङले गिरीलाई स्मरण दिलाएका छन्। तर भिशु मियानीको उक्त कमिटीले पनि अहिलेसम्म आफ्नो रिपोर्ट बुझाएका छैनन्। यदि उक्त कमिटीले आफ्नो रिपोर्ट बुझाएकै खण्डमा पनि आरजीआईले उक्त रिपोर्टलाई अनुमोदन अनि स्वीकार गर्नैपर्ने हुन्छ भनि प्रश्न गरेका छन्।
‘हो उक्त कमिटीको रिपोर्ट सबैले पर्खिरहेका छन् तर यस मागलाई फत्ते गर्नको निम्ति प्रमुख निकाय आरजीआईले अगावै दुईपल्ट यसको प्रस्तावलाई खोरेज  गरिसकेका छन्’ विनय तामाङले भनेका छन्। यसक्रममा उनले जनजातिको मुद्दालाई लिएर भाजपाले अहिलेसम्म पनि पहाड़, तराई-डुवर्सलगायत समग्र गोर्खा जातिको भावनासित खेलवाड़मात्रै गरिरहेका छन् भनि आरोप लगाएका छन्।
‘कल्चरल रिसर्च इन्सटिट्यूट (सीआरआई) ब्याकवर्ड क्लास वेलफेयर डिपार्टमेन्ट, गभर्मेन्ट अफ वेस्ट बेंगल, कलकत्ताले पनि यस दार्जीलिङ पहाड़मा उक्त 11 वटा जातगोष्ठीमाथि गम्भीररूपमा सर्वेक्षण गरेर विस्तृत रिपोर्ट ब्याकवर्ड क्लासेस वेलफेयर डिपार्टमेन्ट, कलकत्तामा प्रेषित गरिसकेका छन्। उक्त रिपोर्टको मेमो नम्बर 1493/CRI, तारिक 22.07.2013 रहेको छ’ विनय तामाङले गिरीलाई जवाबमा भनेका छन्। तथापि राज्य सरकारको पक्षबाट यति गरिसक्दा पनि आरजीआईले दुई-दुईपल्ट उक्त प्रस्तावलाई खारेज गर्नुले भाजपाको नियत स्पष्ट बनेको तामाङको दाबी रहेओ छ। ‘हरेक चुनाउको समय उक्त मुद्दालाई अघि राखेर गोर्खाहरूलाई भावनात्मकरूपमा ठग्न चाहने भाजपाको यो नीति यसपल्ट पहाड़मा पटक्कै चल्नेछैन’ तामाङले स्पष्ट भनेका छन्।
‘गोर्खाहरूको भावनालाई कुल्चिएर सत्तामा निदाइँरहेको केन्द्र सरकारलाई हामी जस्तोसुकै प्रकारले भए पनि हरेक तहबाट चाप सृष्टि गरी कमिटीलाई सकरात्मक रिपोर्ट पेश गर्न बाध्य बनाउनेछौं। गोजमुमोले सकरात्मक रिपोर्ट पेश गर्न कमिटीलाई पनि हरेक तहबाट चाप सृष्टि गर्नेछ। जुनै हदसम्म पुगेर पनि यसपल्ट केन्द्र सरकारको मुट्ठीबाट हामी जनजातिको मुद्दा खोसेर लिनेछौं, यो हाम्रो प्रतिवद्धता हो’ विनय तामाङले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad