भाजपाको बङ्गाल बन्द; कालेबुङमा बन्दको परेन कुनै असर - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, September 26, 2018

भाजपाको बङ्गाल बन्द; कालेबुङमा बन्दको परेन कुनै असर

गफसफ.com, कालेबुङ २6 सितम्बर।
भारतीय जनता पार्टीले डाकेको 12 घण्टाव्यापी बङगाल बन्दको प्रभाव कालेबुङमा कहीँ कतै परेन। बन्द अवधी भारतीय जनता पार्टी अनि तृणमूल कङ्ग्रेस समर्थकहरू माझ राज्यको विभिन्न ठाउँहरूमा झडपको खबर रहे पनि कालेबुङ, दार्जीलिङ अनि खर्साङ क्षेत्रमा भने बन्दको कुनै प्रभाव परेन।

भाजपाले डाकेको 12 घण्टाव्यापी बन्दको अवधी कालेबुङमा सम्पूर्ण सरकारी कार्यालय, बैंक तथा स्कुलहरू पनि पूर्णरूपले खुल्ला रहेको थियो। यस अवधी बन्दको समर्थनमा अथवा विरोधमा कुनै पनि पार्टीका कार्यकर्ताहरू पनि सडकमा निस्किएनन् भने शहरमा चलाचल अन्य दिनहरू झैँ सामान्य रहेको थियो।
उत्तर दिनाजपुर जिल्लामा दुईजना विद्यार्थीको मृत्युलाई लिएर भाजपाले डाकेको 12 घण्टाव्यापी बन्दको क्रममा कालेबुङका सम्पूर्ण दोकानपाट पूर्णरूपले खुल्ला रहेको थियो भने वाहनहरूको चलाचल पनि सामान्य रहेको थियो। बन्दको कारण बिहान कालेबुङबाट सिलगडी जाने वाहनहरूको भने केही कमी रहेको थियो।
विशेष गरेर सिलगडीमा बन्दको प्रभाव पर्ने सम्भावनाको कारण कालेबुङबाट सिलगडी जाने वाहनहरू सिलगडी जान चाहेका थिएनन्। जसको कारण सिलगडी जाने वाहनहरूको सङ्ख्या कम्ती हुँदा यात्रीहरू समस्यामा परेका थिए। यद्यपी पछिबाट भने वाहनहरूको चलाचल रहेको थियो।
यता बन्दबारे कालेबुङ चालक महसंघका सध्यक्ष महेन्द्र गुरुङले प्रतिक्रिया व्यक्त गर्दै भाजपाले डाकेको बन्द कालेबुङमा प्रभावहीन रहेको बताएका छन्। उनले बन्दलाई चालक महासंघले समर्थन नगरेको भन्दै भाजपाले डाकेको बन्द कालेबुङमा पूर्णरूपले विफल रहेको पनि बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad