पहाडमा बन्दको प्रभाव नपर्नु भाजपाको अस्तित्व छैन भन्ने प्रमाणित हुनु हो – विनय तामाङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, September 26, 2018

पहाडमा बन्दको प्रभाव नपर्नु भाजपाको अस्तित्व छैन भन्ने प्रमाणित हुनु हो – विनय तामाङ

गफसफ.com, दार्जीलिङ २६ सितम्बर।
भारतीय जनता पार्टीले 12 घण्टाव्यापी डाकेको बङ्गाल बन्दको प्रभाव दार्जीलिङ पहाडमा नपर्नुको घट्नाले पहाडमा भाजपा अस्तित्व नरहेको गोजमुमो अध्यक्ष विनय तामाङले दाबी गरेका छन्। उनले आज एक प्रेस विज्ञप्ति जारी गरेर भाजपाले डाकेको 12 घण्टाव्यापी बङ्गाल बन्दबारे प्रतिक्रिया दिँदै बन्दको प्रभाव पहाडमा नपरेको बताएका छन्।


यता भाजपाले डाकेको बन्दको ठिक 12 घण्टा अघि भाजपा दार्जीलिङ जिल्लाका नेता मनोज देवानले बन्दबाट दार्जीलिङ पहाडलाई छुट राखिएको घोषणा गर्नु ‘दार्जीलिङमा भाजपाको कुनै अस्तित्व छैन भनेर स्वीकार गर्नु हो’ भनि बताएका छन्। ‘भाजपाको बरिष्ठ सांसद एवं वर्तमान केन्द्रीय मन्त्रीको ससदीय क्षेत्रमा बन्दको कुनै असर नपर्नु श्री एस एस आहलुवालिया र भाजपालाई पहाडको जनताबाट मुहतोड जवाबपनि हो’ विनय तामाङले प्रेसस विज्ञप्तिमा भनेका छन्।
उनले बन्दको कुनै पनि प्रभाव दार्जीलिङ पहाडमा नपर्नुको घट्नाले ‘दार्जीलिङ पहाडमा भाजपा, एस एस आहलुवालिया, विमल गुरुङ र रोशन गिरीको कुनै वर्चस्व छैन भन्ने  सही सन्देश हो’ भनि बताएका छन्। यसका साथै तामाङले बन्दको कुनै प्रभाव नपर्नु आगमी वर्ष हुने लोकसभा चुनावमा भाजपाको हार हुनुको अग्रिम सूचना रहेको पनि बताएका छन्। ‘2019 चुनावमा  भाजपाले दार्जीलिङ ससदीय क्षेत्रबाट  हात धुनु पर्ने अग्रिम सुचनापनि हो’ विनय तामाङले भनेका छन्।
अर्कोतर्फ भाजपाको घटक दलको वकालती गर्ने भूमिगत नेता विमल गुरुङले यसपल्ट भाजपाले डाकेको बन्द पालन गर्न जनतालाई अपिल नगरेको सन्दर्भमा पनि तामाङले गुरुङप्रति प्रश्न गरेका छन्। ‘एस एस आहलुवालिया र भाजपाले खुल्ला रूपमा विमल गुरुङलाई  समर्थन दिँदापनि यसपल्ट किन विमल गुरुङले बन्दको निमित्त जनतालाई अपिल गरेनन्?’ तामाङले प्रश्न गरेका छन्। वास्तमा गुरुङले बन्द पालन गर्नका निम्ति अपिल नगर्नुको पछि जनता आफुहरूको साथमा छैन भन्ने बुझेर नै बन्द पालनको अपिल नगरेको पनि तामाङले दाबी गरेका छन्।
‘केही दिन अघिमात्र विमल गुरुङले आफनो अडियो किल्पमा उसको समर्थनमा दार्जीलिङ पहाडको जनता 70 प्रतिशत छ भनेर ठोकुवा गरेका थिए। 70 प्रतिशत जनता उसको समर्थनमा छन् भने विमल गुरुङले आज भाजपाको समर्थनमा जनतालाई अपिल गरेर दार्जीलिङ पहाड बन्द राख्न सक्नपर्थ्यो’ विनय तामाङले भनेका छन्। उनले बन्दलाई पहाडका जनताले साथ नदिएकोमा धन्यवाद दिँदै ‘हामी सधैँ दार्जीलिङ पहाडलाई शान्ति राखौँ, स्वच्छ राखौँ, समवृद्ध वनाऊ’ भनि अपिल गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad