कोलकोता माझेरहाटमा पुल क्षतिग्रस्त; राष्ट्रपति, प्रधनामन्त्री र गृहमन्त्रीद्वारा दुख व्यक्त, मुख्यमन्त्रीले दिए जाँचको आदेश - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, September 4, 2018

कोलकोता माझेरहाटमा पुल क्षतिग्रस्त; राष्ट्रपति, प्रधनामन्त्री र गृहमन्त्रीद्वारा दुख व्यक्त, मुख्यमन्त्रीले दिए जाँचको आदेश

गफसफ.com, कोलकोता 4 सितम्बर।
कोलकोता स्थित माझेरहाटमा एउटा पूलको आधा भाग झरेर दुर्घट्नाग्रस्त हुँदा धेरै मानिसहरू घाइते भएका छन् भने अहिलेसम्म एक व्यक्तिको मृत्यु भएको पुलिसले पुष्टि गरेको छ। दुर्घटनाको चपेटमा परेर पूलमुनि भने मानिसहरू पुरिएर मृत्यु भएको हुनसक्ने आशंका व्यक्ति गरिएको छ। अहिलेघरी घट्ना स्थलमा उद्धार कार्य जारी रहेको छ भने घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छन्।


कसरी भयो दुर्घट्ना
मङ्गलबार अप्राह्न चार बजेतिर पुलको एउटा भाग अचानक भत्केर झरेको हो। त्यसबेला पुलमा चारवटा वाहन, केहि मोटर बाइक सवार हिँडिरहेका थिए। अचानक पुल भत्केर झरेपछि त्यहाँ भएका मानिसहरू दुर्घट्नाको चपेटमा परेका हुन्। प्राप्त जानकारी अनुसार दुर्घट्नाको चपेटमा परेर अस्पतालमा एक व्यक्तिको मृत्यु भएको छ भने धेरै मानिहरूलाई घाइते अवस्थामा अस्पतालमा भर्ना गरिएको छ।
गृहमन्त्रीले मुख्यमन्त्रीलाई गरे फोन्
उक्त घट्नापछि केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले मुख्यमन्त्री ममता ब्यानर्जीलाई फोन गरेर दुर्घट्नाबारे जानकारी लिएका छन् भए केन्द्र सरकारले सहयोग गर्ने आश्वासन दिएक छन्। प्राप्त जानकारी अनुसार गृहमन्त्री राजनाथ सिंहले आपदाको यस क्षणमा केन्द्र सरकार राज्य सरकारको साथमा रहेको अनि आफुहरू हरसम्भव सहयोग गर्ने रहेको बताएका छन्।
दार्जीलिङबाट भोलि नै मुख्यमन्त्री कोलकोता फर्कने
दुर्घट्नाको खबर पाउन साथ मुख्यमन्त्रीले जाँचको आदेश दिएकी छन् भने पहिलो प्राथमिकता दुर्घट्नामा परेका मानिसहरूको उद्धार गर्न रहेको बताएकी छन्। उनले उक्त दुर्घट्नाबारे अधिकारीवर्गसँग सम्पर्क गरेर विस्तृतमा जानकारी लिइरहेको बताउँदै दुर्घट्नाको जाँच गरिने स्पष्ट पारेकी छन्।
उनले उक्त दुर्घट्नाको खबर पाईपछि आफु कोलकोता फर्कने चाहेको भन्दै बाघडोग्राबाट रात्री उडान सेवा नभएको काराण तत्काल जान नसकेको पनि स्पष्ट पारेकी छन्। यद्यपी भोलि उनी कोलकोता प्रस्थान गर्ने जानकारी दिएकी छन्।
राष्ट्रपतिले दुर्घट्नाप्रति दुख व्यक्त गरे
माझेरहाट पुल दुर्घट्नाप्रति राष्ट्रपति रामनाथ कोविन्दले दुख व्यक्त गरेका छन्। उनले ट्वीट गरेर उक्त दुर्घट्नाको कारण आफु दुखी रहेको बताएका छन्। यसक्रममा उनले पीडितहरू प्रति सम्वेदना प्रकट गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
दुर्घट्ना दुर्भाग्यपूर्ण – प्रधानमन्त्री
प्रधानमन्त्री नरेन्द्र मोदीले माझेरहाट पुल दुर्घाट्नालाई दुर्भाग्यपूर्ण बताएका छन्। उनले ट्वीट गरेर दुर्घट्नाको चपेट परेर घाइतेबनेकाहरूको स्वास्थ्य लाभको कामना पनि गरेका छन् भने दुर्घट्नाको चपेटमा परेर प्राण गुमाएका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad