निमा तामाङको घर भत्किनु राजनैतिक द्वेष होइन?- क्रामाकपा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, September 15, 2018

निमा तामाङको घर भत्किनु राजनैतिक द्वेष होइन?- क्रामाकपा

गफसफ.com, कालेबुङ 15 सितम्बर।
क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले भूमिगत नेता एवम् पूर्व सभासद निमा तामाङको घर कुड्की गर्दा घरको दैलो खिड्की भत्काउने कार्यलाई सही नरहेको बताएको छ। क्रामाकपा कालेबुङ आञ्चलिक समितिका अध्यक्ष किशोर प्रधान, सचिव मोहन पौड्यालले एक पत्रकार सम्मेलन आयोजना गरेर बोल्दै आफुहरूले न्यायलयको आदेशलाई सम्मान गरेको बताउँदै घरमा एकजना नारी अनि नानीहरू हुँदा हुँदै घरको दैलो खिड्की भत्काउनुको साथै नानीको खाद्यन्न समेत पुलिसले जफत गरेर लाने कार्य अमानवीय रहेको बताएका छन्।
Kishor Pradhan, President, CPRM, Kalimpong Branch Commitee

‘न्यायालयको आदेशलाई हामी सम्मान गर्छौँ। न्यायालयले घर कुड्कीको आदेश जारी गरेपछि निमा तामाङको घरमा जुन प्रकारले खिड्की दैलो भत्काउनुको साथै नानीको बिस्कुट र अन्य खानेकुरा समेत जफत गर्‍यो भन्ने कुरा छ त्यसलाई हामी पुलिसी अत्याचार मान्दछौँ’ मोहन पौड्यालले भने। न्यायालयको आदेशमा घर कुड्की गर्दा कहीँ कतै घरको खिड्की दैलो भत्काएर लाने कार्य नभएको भन्दै अचल घरलाई नै पुलिसले सिलबन्दी गर्न भने सकिने पनि उनले बताएका छन्। यद्यपी पुलिसले सिलबन्दी गर्न भन्दा पनि धेर समानहरू तोड्ने कार्य गरेको भन्दै भोलिको दिनमा यदि न्यायालयमा उनको दोष प्रमाणित नभए पुलिसले के ती भत्काएका सबै समानहरू बनाउनेछन् भनि प्रश्न गरेका छन्।
यता क्रामाकपा किशोर प्रधानले उक्त घट्नालाई हेर्दा सरकारले राजनैतिक प्रेरित बनेर कार्य गरिरहेको हुनसक्ने आशंका व्यक्त गर्दै गोर्खाल्याण्ड माग्नेहरूलाई विगतको सरकारले छत्रेसुब्बालाई सडाए जस्तै गर्न खोजेको पनि आरोप लगाएका छन्। ‘पुलिसले जुन प्रकारले कार्य गरेको देख्यौँ त्यो अमानवीय प्रकारको जस्तो देखिएको छ’ किशोर प्रधानले भने। उक्त घट्नाले मानिसहरूमा आतङ्क सिर्जना भएको भन्दै पुलिसले प्रजातन्त्रमा त्यस्तो कार्य गर्नु अनुचित रहेको उनले बताए।
‘निमा तामङ न्यायालयमा गयो गएन त्यो हामी जान्दैनौँ। तर त्यहाँ जुन प्रकारले घरको दैलो खिड्की नै भत्काउने कार्य भयो त्यो अमानवीय हो’ किशोर प्रधानले भने। उनले न्यायालयले आदेश जारी गरेपछि त्यहाँ पुलिस कार्वाही गर्न जान परे पनि पुलिसलाई भने सत्ताले प्रयोग गरेको हुनसक्ने उनले आशङ्का व्यक्त गरेका छन्। ‘न्यायापालिकाको कार्य सफलसँग निभाउनुपर्छ तर त्यस कार्य गर्दा त्यहाँ मानता पनि बाँचेको हुनपर्छ’ किशोर प्रधानले भने।

No comments:

Post a Comment

Post Bottom Ad