कालेबुङ प्रेस क्लब अनि इष्टर्न हिमालयन जर्नलिष्ट युनियनद्वारा जिल्लापाललाई ज्ञापन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, September 12, 2018

कालेबुङ प्रेस क्लब अनि इष्टर्न हिमालयन जर्नलिष्ट युनियनद्वारा जिल्लापाललाई ज्ञापन

गफसफ.com, कालेबुङ 12 सितम्बर।
कालेबुङ प्रेस क्लब अनि इष्टर्न हिमालयन जर्नलिष्ट युनियनले मालदामा पत्रकार कुटपिटको घटानको घोर भर्त्सना जनाएको छ। गत 6 सितमबरका दिन मालदा खण्ड प्रशासनिक कार्यालय नजिक पत्रकार रेजल हक अनि अन्य पत्रकारहरूलाई असमाजिक तत्वहरूले कुटपिट गरेको घट्नाको विरोध गर्दै आज कालेबुङ प्रेस क्लब अनि इष्टर्न हिमालयन जर्नलिष्ट युनियनले संयुक्त रूपमा कन्फेडेरेसन अफ् नर्थ बेङ्गाल एवं सिक्किम जर्नलिष्टको पक्षबाट पश्चिम बङ्गाल राज्यका मुख्य सचिवलाई कालेबुङ जिल्लापाल डा. विश्वनाथ मार्फत् ज्ञापन पत्र सुम्पिएको छ।


कालेबुङ प्रेस क्लबका अध्यक्ष अरूण कुमार रसाईली, इष्टर्न हिमालयन जर्नलिस्ट युनियनका अध्यक्ष रूद्र कार्कीको नेतृत्वमा रहेको प्रतिनिधी टोलिले जिल्लापाल डा. विश्वनाथलाई भेट गरेर ज्ञापन पत्र सुम्पिएको हो। यस अवसरमा पत्रकार मुकेश शर्मा, डीके वाइबा, मणी तामाङ, मनोज राई, निशा शर्मा, प्रज्वल छेत्री लगायत अन्य पत्रकारहरू पनि उक्त टोलिमा उपस्थित रहेका थिए।
कालेबुङ जिल्लापाल डा. विश्वनाथ मार्फत् राज्यका मुख्य सचिवलाई ज्ञापन पत्र सुम्पिएपछि यता रूद्र कार्कीले प्रजातन्त्रको चौथो स्तम्भ मानिने पत्रकारहरूमाथि विभिन्न ठाउँमा भइरहेको आक्रमणहरूको भर्त्सना गर्दै प्रशासनले पत्रकारहरूको सुरक्षा सुनिश्चित गरुपर्ने माग गरेका छन्। उनले माल्दामा पत्रकार कुटपिट गर्ने दोषीहरूलाई प्रशासनले झट्टै पक्राउ गरेर कानुनी कार्वाही गर्नुपर्ने माग गर्दै सरकारले यस्ता असामाजिक तत्वहरू विरुद्ध कठोर पदक्षेप ग्रहण गर्नुपर्ने माग गरेका छन्। याक्रममा कार्कीले पीडित पत्रकारहरूको साथमा कालेबुङका पत्रकारहरू पनि साथमा रहेको बताएका छन्।
कुनै पनि ठाउँमा पत्रकारहरूमाथि हुने आक्रमण सम्बन्धि प्रशासनले उचित कार्वाही गर्नुपर्छ। मालदाका पत्रकाहरूमाथि भएको आक्रमणको घट्ना हामी घोर भर्त्सना गर्दछौँ। यसबेला हामी कालेबुङ प्रेस क्लब अनि इष्टर्न हिमालय जर्नलिस्ट युनियन माल्दाका पीडित पत्रकारहरूको साथमा खडा रहेको छ’ रूद्र कार्कीले भने।

No comments:

Post a Comment

Post Bottom Ad