राष्ट्रिय राजमार्गको 29 माइलमा पैह्रो; 5 घण्टा बन्दले यात्रीहरू समस्यामा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, September 13, 2018

राष्ट्रिय राजमार्गको 29 माइलमा पैह्रो; 5 घण्टा बन्दले यात्रीहरू समस्यामा

गफसफ.com, कालेबुङ 13 सितम्बर।
राष्ट्रिय राजमार्ग 10 अन्तर्गत 29 माइल नजिक पैह्रो जाँदा 5 घण्टा भन्दा अधिक समयसम्म यातायात बन्द भएको छ। अविल वर्षाको कारण टिस्टा नदिको जल स्तर वृद्धि भएपछि 29 माइल नजिक तलबाट राष्ट्रिय राजमार्गलाई सोह्रेर  लाँदा लगभग 7 मिटर लामो बाटो चुँडिएर गएको छ। जसको कारण आज राजमार्गमा वाहनहरूको लामेताँत जाम लागेको थियो। उक्त घट्ना बिहान लगभग साँढे एघार बजे भएको हो।


प्राप्त जानकारी अनुसार अविल बर्षाको कारण टिस्टा नदीले 29 माईल क्षेत्रमा राष्ट्रिय राजमार्ग 10 लाई तलबाट खोलेपछि उक्त पैह्रो गएको हो। बिहान पैह्रो जानलाई चिरा परेको उक्त सडक दिउँसो झरेर टिस्टा नदीमा समाहित भएको हो। जसको कारण राजमार्गमा लगभग 5 घण्टाको निम्ति यातायात ठप्प बनेको हो। उक्त घट्नापछि राजमार्गमा तैनाथ राखिएको जेसीभीलाई त्यहाँ ल्याएर पछिल्लो भित्ता काटेर यातायात सुचारू गर्ने कार्य गरिएको हो।
अचानक पैह्रो झरेर राजमार्गमा यातायात ठप्प बनेपछि सिक्किम अनि कालेबुङबाट सिलगडी जाने वाहनहरू लप्चु पेशोक भएर मङ्पू हुँदै सिलगडी झरेको थियो भने सिलगडीबाट सिक्किम जाने वाहनहरू पनि सोही बाटो भएर यात्रा गर्नु परेको छ।
पैह्रोको कारण राष्ट्रिय राजमार्ग 10 ठप्प बनेपछि विशेष गरेर पर्याटकहरू समस्यामा परेका थिए भने विशेष कार्य लिएर रेल तथा हवाई यात्रा गर्नका निम्ति सिलगडी तर्फ गइरहेका यात्रीहरू पनि समस्यामा परेका छन्। यसक्रममा हैदरावादबाट सिक्किम अनि दार्जीलिङ पहाड घुम्नका निम्ति परिवारका साथमा आएका पर्याटक राजेश शर्माले राजमार्गको सोचनीय अवस्था रहेको भन्दै चालकवर्गले धेरै जोखिम लिएर वाहन गुडाइरहेको बताएका छन्। ‘वाहनका चालकवर्गले धेरै जोखिम लिएर वाहन गुडाइरहेका छन्। हामी यहाँ आइपुग्नका साथै हेर्दा हेर्दै सडक झरेको देखेपछि भयभित बनेको छु। प्रशासनले यस्तो ठाउँहरूमा निश्चयनै सुरक्षाका उपकरण स्थापित गर्न आवश्यक छ’ उनले भने।
यता लगभग 5 घण्टा राजमार्ग बन्द रहेपछि पछिल्लो भित्ता काटेर राजमार्गमा वाहनहरू सुचारू गर्न कार्य गरिएको छ। पैह्रोको कारण उक्त ठाउँमा यात्रा अझ जोखिमपूर्ण बनेको छ भने अहिलेघरी एकतर्फी मात्र बाटो खुलेर वाहनहरू पालैपछि गुडीरहेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad