पेदोङमा सेर्पा दम्पतिको हत्या; शवलाई सेफ्टी ट्याङ्कीमा लुकाए हत्याराले - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, August 17, 2018

पेदोङमा सेर्पा दम्पतिको हत्या; शवलाई सेफ्टी ट्याङ्कीमा लुकाए हत्याराले

गफसफ.com, कालेबुङ 17 अगस्त।
कालेबुङ जिल्लाको पेदोङमा सेर्पा दम्पतिको हत्या भएको छ। पति फुर्तेम्बा सेर्पा (69) अनि पत्नि कुसुम सेर्पा (55 वर्ष) को हत्या उनीहरूकै घरमा भएको छ। उनीहरूको हिजनै हत्या भए पनि आज मात्र थाह लाग्न सकेको पुलिस सुत्र मार्फत् जानकारी प्राप्त भएको छ। पति-पत्नि मात्र रहेको घरमा कसले हत्या गर्‍यो भन्ने कुराको भने कुनै सुईँको समेत लाग्न सकेको छैन।
प्रतिकात्मक फोटो 
जानकारी अनुसार उनीहरूका दुईजना छोराहरू बाहिर कार्यरत छन्। बाहिर कार्यरत रहेका छोराले घरमा अनेकौँ फोन गर्दा पनि घरमा आमा-बाबाले फोन नउठाएपछि उनीहरूले नजिकैका आफन्तहरूलाई जानकारी दिएपछि उक्त हत्याबारे थाह लाग्न सकेको पनि सुत्रले जानकारी दिएका छन्।
पेदोङ सेरिकल्चर दाक्योङ निवासी सेर्पा दम्पतिले छोराले गरेको फोन नउठाएपछि जानकारी लिन उनीहरूको घरमा गाउँमा रहेका आफन्तहरू पुगेर छानबिन गर्दा मात्रै हत्या भएको थाह लागेको जानकारी प्राप्त भएको छ। हत्या भएको जानकारी पाएपछि उनीहरूले तत्कालै पुलिसलाई सूचित गरेको थियो भने घट्नाको छानबिन गर्न पुलिस बल घट्नमा स्थलमा पुगेका छन्।
सेफ्टी ट्याङ्कीमा फ्याकेको शव
हत्याराले सेर्पा दम्पतिको हत्या गरेर उनीहरूको शवलाई नजिकै अवस्थित सेफ्टी ट्याङ्कीमा हालेर लुकाउने कार्य गरेको थाह लागेको छ भने पुलिसले घटना स्थलबाट दुवैको शवलाई उद्धार गरेको छ। दुवै दम्पतिको हत्याराले शिरको अघिल्लो भागमा धारिलो हतियारले हिर्काएर हत्या गरेको पुलिस सुत्रले अझ जानकारी दिएका छन्। हत्याराबारे पुलिसले छानबीन सुरू गरेको छ भने हत्याराले सेर्पा दम्पतिले हत्या पछि घरबाट चोरी समेत गरेको हुन सक्ने अनुमान गरिएको छ।

No comments:

Post a Comment

Post Bottom Ad