एनआरसी विवाद; विमल गुरुङको बयानप्रति अनित थापाको विरोध – भने ‘भगौड़ेहरूले पहाडको चिन्ता गर्नु पर्दैन’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, August 4, 2018

एनआरसी विवाद; विमल गुरुङको बयानप्रति अनित थापाको विरोध – भने ‘भगौड़ेहरूले पहाडको चिन्ता गर्नु पर्दैन’

गफसफ.com, खर्साङ 4 अगस्त।
भूमीगत नेता विमल गुरूङले प्रेस विज्ञप्ति जारी गरेर दार्जीलिङ, कालेबुङ, तराई-डुवर्सका विभिन्न स्थानहरूमा राज्य सरकारले गोप्य रूपले जमीन नापजोख गरेर आसमबाट खेदिएका बङ्गलादेशीहरूलाई स्थापित गराउने षडयन्त्र रचिरहेको आरोपला जीटीए बोर्ड उपाध्यक्ष अनित थापाले कडा शब्दमा खण्डन गरेका छन्। उनले एक प्रेस बिज्ञप्ती जारी गरेर विमल गुरुङको वयानको खण्डन गर्नका साथै उनलाई भगौडे नेताको संज्ञा समेत दिएका छन्।

अहिले दार्जीलिङ, कालेबुङ पहाड तराई अनि डुवर्सको विभिन्न स्थानमा राज्य सरकारले गोप्य रूपमा जमीन नापी गरेको सुन्दैछु। यदि आसामबाट निकालिएको अनि बङ्गलादेशबाट छिरेकाहरूलाई स्थापित गराउने षडयन्त्रमा जमीन नापिएको हो भने त्यसले देशको राष्ट्रिय सुरक्षालाई खतरा उत्पन्न गर्छ’- विमल गुरूङले प्रेस बिज्ञप्ती जारी गरेर भनेका थिए। उक्त वयानको अनित थापाले खण्डन गर्दै भने–‘भगौड़े नेता विमल गुरूङले हालैमा दावी गरेको उक्त वक्तव्य पूर्णरूपले झूटो अनि तर्कहीन रहेको छ।’
‘विमल गुरूङ जो गत एक वर्षदेखि दार्जीलङ पहाडक्षेत्रमा रहेका छैनन्। पहाडवासीलाई ठूलो संकट अनि हिँसात्मक गतिविधिमा फसाइ राखेर जो मान्छे सुरक्षा खोज्दै गत एक वर्षदेखि लापत्ता अवस्थामा रहेका छन् त्यस्तो व्यक्तिलाई अवैध घुसपैठीहरूलाई दार्जीलिङ पहाडको जमीनमा शरण दिने सरकारले योजना बनाइरहेको आरोप लगाउने कुनै अधिकार छैन’ अनित थापाले अझ भनेका छन्-‘जुन व्यक्ति स्वयंले पहाडमा अगणतान्त्रिक क्रियाकलापहरू गरेर कानूनी सजायदेखि बाँच्नलाई भगौडे अवस्थामा रहेका छन् त्यो मान्छेले राष्ट्रिय सुरक्षाको कुरा गर्नु अशोभनीय अनि हास्याँस्पद ठहर्दछ।’
यसक्रममा थापाले यदि यस्तो प्रमाण छ भने सार्वजनिक गर्ने गुरुङलाई चुनौति पनि दिएका छन्। ‘उनीसँग यदि कुनै प्रमाण छ भने जनतासामु सार्वजनिक गरून् भन्ने म चुनौती पनि दिँदछु’ अनित थापाले विमल गुरुङलाई चुनौति दिँदै भनेका छन्।
भुमीगत अवस्था रहेका विमल गुरुङले पछिल्लो 10 वर्षमा पहाडका जनतालाई भावानात्मक रूपले ठग्ने कार्य मात्र गरेको पनि थापाले आरोप लगाएका छन्। ‘पछिल्लो 10 वर्षको अवधिमा विमल गुरूङले पहाडका सोझो- सीधा मानिसहरूलाई भावनात्मक रूपमा ब्लेकमेल गर्नुबाहेक अरू केही गरेनन्। यसपल्ट पनि उनी पहाडवासीहरूमा झूटो अफवाह फैलाएर पहाडवासीलाई साम्प्रदायिक अनि धार्मिकरूपमा विभाजन गर्न चाहिरहेका छन् जो गोर्खा जनमुक्ति मोर्चालाई कदापि स्वीकार्य रहनेछैन’ अनित थापाले स्पष्ट रूपले भनेका छन्।
यसभन्दा अघि पनि पहाडमा रोहिङ्ग्याहरूलाई शरण दिइएको अफवाह फैलाएर विमल गुरुङले पहाडवासीलाई साम्प्रदायिक रूपमा विभाजित गरी राजनैतिक स्वार्थ लुट्ने योजना बनाएको आरोप लगाउँदै यसपल्ट फेरि बंगलादेशी घुसपैठीहरूको अफवाह फैलाएर त्यसै गर्न चाहिरहेको आरोप लगाएका छन्।
यसक्रममा विमल गुरूङले दार्जीलिङ पहाड छोड़ेको एक वर्षपछि भर्खरै पहाडवासीले पहाडमा शान्ति अनि कानून व्यवस्था फर्कीआएको अनुभव गरिरहेको दाबी पनि गरेका छन्।
‘विमल गुरूङको एनआरसीको सन्दर्भमा हालैमा दिएको बयान आसामको एनआरसी मुद्दामा गोर्खाहरूको पक्षमा नबोल्ने भाजपाको दबाउको कारण उनले बयान तोडमोड गरेर उक्त मुद्दादेखि पन्सिनु खोजेको मात्रै हो भन्ने हामीलाई विश्वास छ’ अनित थापाले भनेका छन्। यसक्रममा गोजमुमो अध्यक्ष विनय तामाङले यस सन्दर्भमा तीन दिनअघि नै आसाम सरकारलाई एनआरसीबाट हटाइएका असमेली गोर्खाहरूको नाम पुनः गाभिनुपर्ने अपील गर्दै प्रेसमा खुल्लारूपमा बयान दिइसकेको स्मरण गराएका छन्।
विनय तामाङको बयान आएको तीन दिनपछि विमल गुरूङले यस प्रकारको बयान दिनु उनीमाथि रहिआएको भाजपाको दबाउ नै हो भनि अनित थापाले दाबी पनि गरेका छन्। ‘विमल गुरूङ गोर्खाहरूप्रति उत्तिकै गम्भीर छन् भने असमेली गोर्खाहरूलाई एनआरसीमा गाभ्ने विषयमा पहल गरून्, दार्जीलिङ पहाडको भूभागको सुरक्षा कसरी गर्नुपर्ने हो त्यसको जिम्मेवारी हाम्रो हो’ अनित थापाले गुरुङलाई सुझाव दिएका छन्।
‘पहाडवासीलाई हिँसात्मक आगोमा झोसेर आफू सुरक्षित कानूनदेखि भागेका भगौड़ेहरूले पहाडको चिन्ता गर्नु पर्दैन। पहाडको चिन्ता गर्ने थुप्रै बुद्धिजीवीहरू छन्, माटो प्रेमी जनताहरू छन्’ अनित थापाले अझ भने –‘विमल गुरूङले 105 दिनसम्म डड़ेलो सल्काएको स्थितिबाट पहाडलाई सुरक्षित बनाउने हामी हौं। यसर्थ पहाडको माटोलाई कसरी सुरक्षित राख्नुपर्छ त्यो हिँसावादी अपराधीहरूले हामीलाई सिकाइरहनु पर्दैन।’

No comments:

Post a Comment

Post Bottom Ad