एनआरसी विवाद: ‘भारतीय जनता पार्टीले हाम्रै जग्गाबाट खेद्ने प्रयास गर्दैछ’ - विनय तामाङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, August 4, 2018

एनआरसी विवाद: ‘भारतीय जनता पार्टीले हाम्रै जग्गाबाट खेद्ने प्रयास गर्दैछ’ - विनय तामाङ

गफसफ.com, दार्जीलिङ 4 अगस्त।
एनआरसी अहिले भारतव्यापी विवादको मुद्दा बनिरहेको छ। जुन विवादको मुद्दाले दार्जीलिङ पहाड समेत अछुतो रहन सकेको छैन। कसैले यसलाई भाजपाको षडयन्त्र मानिरहेको छ भने कसैले बङ्गलादेशी भित्राउने षडयन्त्र भनिरहेको छ। यस्तो अवस्थामा विनय तामाङले प्रेस विज्ञप्ति जारी गरेर यसलाई भाजपाकै षडयन्त्र हो भनेका छन्।
विनय तामाङ (फाइल फोटो)

‘आज हामी भुमिहीन हाम्रो सन्तानहरूलाई पर्जा पट्टा दिलाउने कार्य गरिरहेका छौं भने अर्को तर्फ भारतीय जनता पार्टीले एनआरसी लागु गरेर हामीलाई नै हाम्रो जग्गाबाट खैदौरो लगाउने प्रयास गर्न खोजिरहेछ। हामी यसको घोर प्रतिवाद गर्छौं’ जीटीए, बीओए अध्यक्ष विनय तामाङले प्रेस विज्ञप्ति जारी गरेर भनेका छन्।
उनले गोर्खाहरू भारतमा आफ्नो भुमिसितै आएका हुन् भन्दै इतिहास नै यसको प्रमाण रहेको दाबी गरेका छन्। यस्तो अवस्थामा यता दार्जीलिङ, तराई र डुवर्सका चियाबारीमा बसोबासो गर्ने मानिसहरूको आफनो जमिनको मालिकाना हकदेखि बञ्चित छन् भन्दै उनीहरूलाई आफ्नो जमिनको मालिकाना हक दिलाउन आफुहरू कार्यरत रहेको दाबी गरेका छन्।
‘चियाबारीमा बस्ने, बनबस्तीमा बस्ने अनि अन्य स्थानहरूमा बस्ने हाम्रा सन्तानहरू 81.2% हाम्रो सन्तानहरूको आफ्नो जमीनको मालिकाना हकको कागज-पत्र छैनन्। हामी उहाँहरूको यो हक र अधिकार दिलाउन रातदिन लागिरहेका छौं’ विनय तामाङले भनेका छन्।
उनले आगमी लोकसभा चुनावलाई हेरेर भाजपाले चुनावी राजनीति गर्दै एनआरसी बङ्गालमा लागु गर्न खोज्दै गोर्खाहरूला अन्याय गर्न खोजेको आरोप पनि लगाएका छन्। ‘भारतीय जनता पार्टी सरकारले आफनो 2019 चुनावलाई हेरेर चुनावी रणनीति बनाउदै एनआरसी बङ्गालमा लागु गरेर हामी गोर्खालाई अन्याय गर्न खोजिरहेछ’ तामाङले अझ भनेका छन् –‘भारतीय जनता पार्टीले बङ्गालमा 2019 आफ्नो प्रभुत्व जमाउन एनआरसी लागु गर्ने प्रयासलाई हामीले विफल बनाउनु पर्छ।’
यसक्रममा विनय तामाङले भाजपा सरकारले ‘गोर्खाको सपना हाम्रो सपना’ पछिबाट छुरी हान्ने काम गरिरहेको पनि आरोप लगाएका छन्। उनले भनेका छन् –‘गोर्खाल्याण्ड र जनजातिको दर्जा दिनु त कता हो कता अब लखेट्ने पो भन्दैछ। हामी सतर्क रहने समय आएको छ।’
तामाङले यस अवसरमा विमल गुरुङलाई पनि टिप्पणी गर्न पछि परेका छैनन्। ‘कतिपय हाम्रै नेतृत्वहरू जसले आफुले आफुलाई गोर्खाको नेता ठान्छन् अनि पटक पटक अडियोहरूमा गोर्खाजातिको लागि नै भुमिगत भएको भन्ने गर्छन्- आज किन मौन छन्? किन चुपचाप छन्?’ तामाङले अझ भनेका छन् –‘उहाँहरुलाई भारतीय जनता पार्टी सरकारले नै सुरक्षित शरण दिइरहेको छ। जुन दिन उनीहरूले खुलेर जोडतोडले भारतीय जनता पार्टी सरकारलाई एनआरसीको बिषयमा आवाज उठाउँछन् वा विरोध गर्छन त्यही दिन उनीहरूको शीरबाट भाजपाको आशिर्वाद हट्ने छ औ सुरक्षा शरण हट्ने छ।’

No comments:

Post a Comment

Post Bottom Ad