हतियारसँगै दार्जीलिङका युवक पक्राउ; आज न्यायलयमा पेश गरिने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, August 31, 2018

हतियारसँगै दार्जीलिङका युवक पक्राउ; आज न्यायलयमा पेश गरिने

गफसफ.com, दार्जीलिङ 1 सितम्बर।
माउन्ट हर्मोन, दार्जीलिङ निवासी एक युवकलाई पुलिसले हतियारसँगै पक्राऊ गरेको छ। पक्राऊ पर्ने युवक जेनियस राई (33) को रूपमा चिन्हित भएको छ। पुलिसले पक्रा परेका युवकबाट एउटा पिस्तोल सहित तीनवटा जिउँदो कार्तुस उद्धार गरेको छ।
पक्रा परेका जेनियस राई अनि उद्धार गरिएको हतियार 
प्राप्त जानकारी अनुसार शुक्रबार साँझ दार्जीलिङ पुलिसलाई चाँपबोटे, रामलाल धुरा सिङ्ताम क्षेत्रमा एक युवक अवैद्य हतियार बोकेर सन्दिग्ध अवस्था हिँडुल गरिरहेको सूचना प्राप्त भएको थियो। विश्वस्त सुत्रबाट प्राप्त जानकारी आधारमा दार्जीलिङ सदर थानका पुलिसबल घट्ना स्थलमा पुगेका थिए। उक्त क्षेत्रमा पुगेपछि पुलिसले एक युवकलाई सन्देह भएपछि सोधपुछ गरेर तलासी गरेको थियो। उक्त तलासीको क्रममा जेनस राई बाट पुलिसले एउटा लगभग 7 ईञ्च लम्बाईको पिस्तोल, लगभग 4 ईञ्च लम्बाईको एउटा फलामको मेगजिन अनि 3 वटा जिउँदो कार्तुस (बुलेट) फेला पारेको छ।
माउट हर्मोन चियाकमान निवासी स्व. पियुष राईका छोरा जेनियस राईबाट पुलिसले हतियार फेला पारेपछि उनलाई सोधपुछ गरिएको थियो। यसक्रममा पुलिसलाई उनले कुनै सन्तोषजनक उत्तर दिन सकेन भने उक्त हतियारको कुनै वैद्य कागजपत्र पनि देखाउन नसक्दा पुलिसले उनलाई पक्राउ गरेको छ। पक्रा परेका जेनियस राई विरुद्ध दार्जीलिङ सदर थानामा u/s 25/27 आर्म्स एक्ट अन्तर्गत मुद्दा दर्ता गरिएको छ भने आज उनलाई न्यायालयमा पेश गरिने भएको छ।

No comments:

Post a Comment

Post Bottom Ad