गोरामुमोले मिठाई बाँडेर मनायो दागोपाप सम्झौता दिवस - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, August 22, 2018

गोरामुमोले मिठाई बाँडेर मनायो दागोपाप सम्झौता दिवस


गफसफ.com, कालेबुङ 22 अगस्त।
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले दार्जीलिङ गोर्खा पार्वत्य परिषद (दागोपाप) सम्झौता दिवस पालन गरेको छ। 22 अगस्त 1988 का दिन तत्कालिन गोरामुमो अध्यक्ष सुवास घिसिङले केन्द्र सरकार अनि राज्यसरकारसँग सम्झौता भएको दिनलाई सम्झना गर्दै गोरामुमोले दागोपाप सम्झौता दिवस पालन गरेको हो।

अर्कोतर्फ गोरामुमो कार्यकर्ताहरूले दागोपाप सम्झौता दिवसकै अवसरमा शहरमा पोस्टरिङ पनि गरेको छ। दार्जीलिङ गोर्खा पार्वात्य परिषद गठन हुन भन्दा अघि यहाँ ‘गोर्खा’ नामकरण भएको कुनै व्य्वस्था नभएको भन्दै गोरामुमो पार्टीले नै गोर्खाहरूको सुरक्षाको निम्ति ‘गोर्खा’ शब्द भएको दागोपाप ल्याउन सकेको पोस्टरमा दावी गरिएको छ। यसै अवसरमा पार्टी कार्यकर्ताहरूले शहरमा हिँड्ने मानिसहरूलाई दागोपाप सम्झौता दिवसको खुशीयालीमा मिठाई समेत वितरण गरेका थिए। यसक्रममा गोरामुमो पार्टीली डीके राईले दागोपाप सम्झौता दिवस पार्टीले मानिसहरूलाई मिठाई वितरण गरेर पालन गरेको जानकारी दिएका छन्।
उनले आज दागोपाप सम्झौता दिवस पालन गरिए पनि भोलि गोर्खा नागरिकता दिवस पालन गर्ने जानकारी दिएका छन्। कालेबुङको सिडफार्ममा पालन गरिने गोर्खा नागरिकता दिवसमा विशेष रूपले गोरामुमो नेता निरज जिम्बा, वाई लामा आदि प्रमुख वाक्ताका रूपमा उपस्थित रहने पनि उनले जानकारी दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad