गफसफ.com, कालेबुङ 22 अगस्त।
भारतेली नेपाली गजल यात्रामा देखा परेको विशुद्ध गजलप्रधान
पत्रिकाको रूपमा हालै कालेबुङबाट सुवास
श्रेष्ठ को सम्पादन अनि धनबहादुर मंगरको सह सम्पादनमा ‘लालिमा’ गजलप्रधान पत्रिका
प्रकाशित भएको छ।

अर्धवार्षिक रूपमा निस्किने भनेर लेखिएको पत्रिकामा स्थापित
गजलकारहरूदेखि लिएर सिकारू गजलकारहरूका गजलहरू सङ्कलित गरिएको छ पत्रिकामा गजलसँगै
गजल विषयक समीक्षात्मक लेखहरू पनि रहेको छ। भारतीय नेपाली गजल प्रवृत्ति, परम्परा आदि आदि समेत समेटने प्रयास गरिएको
प्रस्तुत पत्रिकामा कालेबुङ, दार्जिलिङ, लगायत आसाम, सिक्किम अन्य ठाउँहरूका गजलकारहरूका
गजलहरू पनि समावेश गरिएको छ।
गफसफ.com प्रति हार्दिक आभार
ReplyDeleteसुवास भाइलाई मुरी मुरी बधाई शुभकामना छ साथै मेरा गजलहरूलाई पनि स्थान दिनुभएकोमा धन्यवाद ।
ReplyDelete